नीतिका ब्यापारीहरु बिकेको बेला
बिधीको ठेक्का-पट्टा उल्टेको बेला
एक मुठ्ठी सासको तिरो तिर्न नसकेर
सती हुँदै गरेको मेरो अस्मिता
बिभाजित प्रस्ताबका चाङ माथी
शान्ति बँधुवा बसेको बेला
पारित नभएका पोहोरको शुभपादेशहरु
बेवरिस लथालिङ्ग परेको बेला
मेरो एक साल कट्टी भएको बेला
म के को उत्सव मनाऊ आमा ?
युवाहरु मुग्लानको धरापमा फसेको बेला
सुस्ता-कालापानीमा ईतिहाँस मरेको बेला
खेतालाहरुले पैचाएर ल्याएको
दिल्लीको एक तुम्बी तेलमा
हाम्रो गाऊ बेसी जलेको बेला
संबिधान सभाको रोहवरमा
देशको मुचुल्का उठाउदै गरेको बेला
पुरानो पत्रोको कत्रो मात्र बनाएर
परिबर्तन सम्वाहक हुन नसकेको बेला
मेरो एक साल कट्टी भएको बेला
म के को उत्सव मनाऊ आमा ?
__ "अमर "