Sunday, August 28, 2011

म के को उत्सव मनाऊ आमा ?


नीतिका ब्यापारीहरु बिकेको बेला
बिधीको ठेक्का-पट्टा उल्टेको बेला                                                       
एक मुठ्ठी सासको तिरो तिर्न नसकेर
सती हुँदै गरेको मेरो अस्मिता
बिभाजित प्रस्ताबका चाङ माथी
शान्ति बँधुवा बसेको बेला
पारित नभएका पोहोरको शुभपादेशहरु
बेवरिस लथालिङ्ग परेको बेला  
मेरो एक साल कट्टी भएको बेला
म के को उत्सव मनाऊ आमा ?
    
युवाहरु मुग्लानको धरापमा फसेको बेला
सुस्ता-कालापानीमा ईतिहाँस मरेको बेला
खेतालाहरुले पैचाएर ल्याएको
दिल्लीको एक तुम्बी तेलमा
हाम्रो गाऊ बेसी जलेको बेला
संबिधान सभाको रोहवरमा
देशको मुचुल्का उठाउदै गरेको बेला
पुरानो पत्रोको कत्रो मात्र बनाएर
परिबर्तन सम्वाहक हुन नसकेको बेला
मेरो एक साल कट्टी भएको बेला
म के को उत्सव मनाऊ आमा ?
                                                           __ "अमर "

No comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।