Saturday, October 6, 2012

अन्तिम पर्खाइ काल


मुटु भित्र छुरा चल्दा नयनभित्र ताल भा'छ
पानीबिना माछी जस्तै तिमीबिना हाल भा'छ




बर्षौंसम्म प्रेमरूपी नाटक गरी गएपछी
परेलीलाइ पखालेर रोको धेरै साल भा'छ




के थाहा र फुल रोज्दा कांडा बनी घोच्छ भन्ने
दुइ किनारा छोइ बग्ने जिन्दगि यो छाल भा'छ




तिम्रो याद मेटाउंन गाउंघर छाडी यहां आएं
कहां मिट्छ मनको घाउ या'नी उस्तै चाल भा'छ




जहां गएनी तिम्रै यादले सताउंन नछाडेसी
निष्प्राण भइ बस्ने रहर अन्तिम पर्खाइ काल भा'छ


मनपराउने जति LIKE/SHARE/TAG गरौँ

No comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।