Thursday, July 26, 2012

हङकङमा आँधीखोला साँझ तेश्रो भव्य रुपमा सम्पन्न

स्याङजा जनसेवा समिति हङकङको आयोजनामा आँधीखोला साँझ तेश्रो भव्य रुपमा सम्पन्न भएको छ । युनलोङ स्थित थीएटर हलमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरू चर्चित लोक दोहोरी गायक तथा गायिका पुरुषोत्तम न्यौपाने, मुना थापा र नव आधुनिक गायक नरजंग गुरुङको साथमा स्थानिय कलाकारहरू तमु साँस्कृतिक परिवार, मगर रोष गुमष्ठा लगायत स्थानीय गायकद्वय तिर्थ गुरुङ र नरेन्द्र गुरुङले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । 


कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि स्याङ्जावासी बयोबृद्ध गंगा गुरुङको साथमा अध्यक्ष कोमल गुरुङ कान्छा र बिशेष अतिथिहरू हङकङका एक मात्र पहिलो नेपाली सोलिसिटर(वकील) एक नारायण शर्मा, स्याङ्जाकै बुद्धिजीवी तथा ब्यबसायी प्रिस्टाईन किन्डर र्गाडेनका सुपरभाइजर जगदिश आले मगर, आंधीखोला स्टोर चुनवानका प्रोपाइटर चेत बहादुर गुरुङ्, सस्थापक अध्यक्ष भक्त गुरुङ, कोने ईन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीका डाइरेक्टर अर्चन गुरुङ र समितिका सल्लाहकार जंग बहादुर गुरुङले एकै साथ रिवन काटेर कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्ने दाताहरुलाई संस्थाको तर्फ बाट पुष्प गुच्छा उपहार दिइएका थियो ।


स्याङजा जनसेवा समिति हङकङका अध्यक्ष कोमल गुरुङले हङकङमा आई स्याङजा जिल्लाको नाम उच्च राखेकोमा पहिलो नेपाली सोलिसिटर एकनारायण शर्मा, २०१० का मिष्टर हङकङ विजेता अमृत गुरुङ, फियोना आईडल २०११ की विजेता शबनम गुरुङ तथा फियोना आईडल २०१२ की सेकेण्ड रनरअप होम कुमारी थापालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।


तमु सांस्कृतिक परिवार हङकङको ‘तिमी भन्दा म पहिला मर्छु’ भन्ने गीतको बोलबाट नृत्य सुरु गरिएको सांस्कृतिक कार्यक्रममा पुरुषोत्तम न्यौपानेले ‘घाम जस्तो चम्किलो जुन हुदैन’, ‘पूर्बैमा झ्याल राखे झल्को आउँछ,’ ‘नरिसाउन सानु तुल्सीपुरैमा,’ ‘आफै बाटो खोज्नु’ लगायत आफ्ना चर्चामा आएका धेरै गीतहरू गाएर मनोरन्जन गराएका थिए । त्यसै गरि अहिलेका चर्चित लोक दोहोरी गायिका मुना थापाले ‘यो संसारको रित होइन, छैन भन्दिन पिरती लाकै हो मैले तिमी सित’ भन्ने गीतले पहिलो प्रस्तुति स्वरुप दर्शकहरुको गडगडाहट ताली पाएकी थिईन । अन्य चर्चित गीतहरु ‘चिसो चिसो हावा सरर रुमाल फरर’, ‘हावा चल्यो सरर’, ‘झल्को आउँछ त्यो आँधीखोला’ भन्ने गीतहरू गाएर दर्शकहरूलाई  भरपुर मनोरन्जन गराएका थिए ।


यसै गरि मगर रोष गुमष्ठा हङकङका कलाकारहरूको समूहले सौजन्य स्वरुप कौडा नृत्य, तमु कलाकार प्रिया गुरुङले ‘उंडु कि गुडुं कि’ भन्ने गीतको बोलमा धमाका नृत्य पस्कदै तमु सांस्कृतिक परिवार हङकङले ‘सालै जो’ लगायत अन्य आकर्षक नृत्यहरु पनि पस्केका थिए । कार्यक्रमको अन्त्यमा ‘मौरी घुम्यो फुलको रसैमा’, ‘म त हिंडे पोखरा माया हिड्यौ स्याङजा बसैमा’ भन्ने गीतको बोलमा दोहोरी गीत गाएर कार्यक्रमको समापन गरेको थियो । वरिष्ठ गीत सङ्गीतकार चेतमान गुरुङ, भाजवीर गुरुङ र कृष्ण गुरुङको समूहले वाध्यवादनमा साथ दिएका थिए ।
  समितिका सह सचिव चौ गुरुङ, कोषाध्यक्ष रीता गुरुङ र सचिव भोजेन्द्र गुरुङको संयुक्त संचालनमा रहेको आधीं खोला साँझ तेश्रोमा उल्लेखनीय मात्रामा दर्शकहरुको उपस्थिति रहेको थियो । समितिकै सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष कोमल गुरुङ कान्छाले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक, भि आई पी दर्शक तथा कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई धन्यवाद व्यक्त गरे ।
प्रस्तोता
मुक काजी गुरुङ
संयोजक
आधीखोला सांझ (तेस्रो) तथा स्याङजा जनसेवा समिति हङकङ








मनपराउने जति LIKE/SHARE/TAG गरौँ

1 comment:

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।