Sunday, August 28, 2011

दोबाटो



दुइचार कदम साथ हाम्रो दोबाटो मा छुट्यो नभनिदिनु .
एउटा मिठो सपना थियो बिउझिएर टुट्यो नभनिदिनु 
काच जस्तो हाम्रो माया जतन गर्न जानीन ..........
दुनियाको रितिस्थितिमा अल्झिएर फुट्यो नभनिदिनु .
सुख दुख मिलन बिछोड जिन्दगीको पाटा...................
कर्म हाम्रो यस्तै रहेछ नियतिले लुट्यो नभनिदिनु 
समय हो घाऊ अनि मलम पट्टि पनि ..................
अध्यरो यो रात अब बिहानीलाई जुट्यो नभनिदिनु 
अमर थापा ..गोर्खा 

No comments:

Post a Comment

कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।