Saturday, October 6, 2012

अन्तिम पर्खाइ काल


मुटु भित्र छुरा चल्दा नयनभित्र ताल भा'छ
पानीबिना माछी जस्तै तिमीबिना हाल भा'छ




बर्षौंसम्म प्रेमरूपी नाटक गरी गएपछी
परेलीलाइ पखालेर रोको धेरै साल भा'छ




के थाहा र फुल रोज्दा कांडा बनी घोच्छ भन्ने
दुइ किनारा छोइ बग्ने जिन्दगि यो छाल भा'छ




तिम्रो याद मेटाउंन गाउंघर छाडी यहां आएं
कहां मिट्छ मनको घाउ या'नी उस्तै चाल भा'छ




जहां गएनी तिम्रै यादले सताउंन नछाडेसी
निष्प्राण भइ बस्ने रहर अन्तिम पर्खाइ काल भा'छ


मनपराउने जति LIKE/SHARE/TAG गरौँ

Friday, October 5, 2012

एक्लो लाग्छ

 
किन किन आज मलाई,मरुँ जस्तो भाछ ।
यो संसार छोडि अन्तै, सरुँ जस्तो भाछ ।।




एक्लो यात्रा कसरी काटुँ,बिछोड मा अब ।
भगवान को शरण मा ,परुँ जस्तो भाछ ।।




रुँदा रुदै सुकिसक्यो ,आँखा को आँसु पनि ।
सम्झी ल्याउँदा आत्महत्या ,गरुँ जस्तो भाछ ।।




छिया छिया भै फाट्यो ,दुखेको यो मन पनि ।
बिश घोलेर मुटु भित्र ,..भरुँ जस्तो भाछ ।।




एक्लो लाग्छ सबैको माझ, उनी साथ नहुँदा ।
छोडि आज सात समुन्द्र , तरुँ जस्तो भाछ ।।


मनपराउने जति LIKE/SHARE/TAG गरौँ

Sunday, September 30, 2012

कसरी पत्ता लगाउने भाइरस छ छैन ?

 आफ्नो कम्प्युटरको उक्त भाइसर छ भने केही सेकेण्डमा नै पत्ता लगाउन सक्नु हुनेछ । वेभसाइट www.dns-ok.ca/ मा गएर पेजको सबैभन्दा पुछारमा जानुहोस र Agree मा क्लिक गर्नुहोस । त्यसपछि खुल्ने पेजमा हरियो रंगको व्यानर देखिए खुसी हुनुहोस । किनकी तपाई कम्प्युटर उक्त खतरनाक भाइसरबाट सुरक्षित छ । रातो रंगको व्यानर देखिएमा भने तपाईको कम्प्युटरमा पनि उक्त गिरोहले पठाएको भाइसर छ भन्ने प्रष्ट हुनेछ । तर, तपाई इन्टीभाइरसलाई एक्टिभ गरेर त्यसलाई हटाउन सक्नु हुनेछ ।

यस्तै तपाई म्यानुअल्ली पनि यसलाई जाँच गर्न सक्नु हुनेछ । माइक्रोसफ्ट विण्डज प्रयोग गर्नु हुन्छ भने Start menu मा क्लिक गर्नुहोस र रनमा जानुहोस् । त्यहाँ cmd.exe टाइप गरेर इन्टर थिच्नुहोस् । अब कालो रंगको कमाण्ड विण्डो खुल्नेछ, जसमा ipconfig /all टाइप गरेर इन्टर थिच्नुहोस । त्यहाँ जुन जानकारी आउँछ, त्यसमा हेर्नुहोस कि तपाईको कम्प्युटरको आईपी एड्रेस र डीएनएस सर्वर तल दिइएको नम्बरमा मिल्छ कि मिल्दैन । तल दिइएको नम्बरको सिरिजसँग मिल्यो भने तपाईको कम्प्युटरमा भइरस छ भनेर जान्नुपर्छ ।

यस्तै एप्पल प्रयोग गर्नुहुन्छ भने System Preferences मा जानुहोस् । Network छान्नुहोस् र connection used for internet access मा क्लिक गर्नुहोस् । त्यसपछि Advanced मा क्लिक गर्नुहोस् र DNS tab मा क्लिक गर्नुहोस ।

by: http://www.sanosansar.net/
मनपराउने जति LIKE/SHARE/TAG गरौँ

फेसबुकका नोटिफिकेशनहरु आफ्नो इमेलमा नआउने बनाउनुहोस् । Disable Email Notifications From Facebook

 जति नोटिफिकेशन (Notification) हरु हामीले फेसबुक खोल्दा देख्छौँ , ति सबै नोटिफिकेशनहरु इमेलको रुपमा आईदिदाँ आफ्नो इमेल एकाउन्टको इनबक्स (Inbox) फेसबुककै इमेलहरुले भरिएको पक्कै पनि पाउनुभएको छ होला । यसले गर्दा अन्य प्रयोजनका लागि उक्त ईमेल आइडिलाई प्रयोग गर्न धेरै गाह्रो हुने गर्दछ ।
यो पोस्टमा तपाईहरुले यसरी फेसबुक एकाउन्टबाट नोटिफिकेशनको रुपमा आफ्नो इमेल एकाउन्टको Inbox मा आउने इमेलहरुलाई कम गर्ने वा आउँदै नआउने बनाउन के गर्ने भन्नेबारेमा जानकारी प्राप्त गर्नुहुनेछ ।


कसरी फेसबुकका नोटिफिकेशनहरु आफ्नो इमेलमा नआउने बनाउने ?



Step 1

आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् । (मोबाईल प्रयोगकर्ताहरुले कम्प्यूटरमा जसरी फेसबुक चलाउने उपाए यहाँ हेर्नुहोला )

Step 2

पेजको माथि दायाँपट्टि रहेको एकाउन्ट मेनु (account) मा क्लिक गर्नुहोस् र Account Settingsअप्सन छान्नुहोस् ।

1

Step 3

Notifications मा क्लिक गर्नुहोस् ।

2

Step 4

अब खुल्ने पेजलाई तलतिर scroll गर्नुहोस् । त्यहाँ All Notifications अन्तर्गत Facebook, Photos, Groups, Pages, Events, Questions, Notes, Links, Video, Help Center, Wall Comments, Other Updates From Facebook, Credits, Other Applications आदि अप्सनहरु देख्नुहुनेछ ।

3

Step 5

हरेक अप्सनको छेउमा रहेको Edit बटन मा क्लिक गर्नुहोस र देखिने सबै अप्सनहरुसगैँ रहेका बक्समा टिक मार्क (Tick Mark √ ) छन् भने हटाएर Save Changes गर्नुहोस् ।

4

यति गरेपछि तपाईले फेसबुकबाट कुनै पनि इमेल पाउनुहुनेछैन । तपाईलाई आवश्यक र महत्वपूर्ण लागेका नोटिफिकेशन पाउन चाहानुहुन्छ भने सम्बन्धित अप्सनमा टिक राखेर सेभ गर्न सक्नुहुन्छ । 
by : http://www.sanosansar.net/


मनपराउने जति LIKE/SHARE/TAG गरौँ

मोबाईलको उपयोगीता जानी राखे राम्रो

 
मोबाईल फोन यस्तो साधन हो जस्को प्रयोग दिनानु










दिन बददै गई रहेको छ, संचारको एकदमै सुलभ          साधन










मोबाईल फोन नै हो, यसमा पाइने बिभिन्न











सुबिधा भएकै कारण यसको लोकप्रियता बढदै गएको हो, यद्दपी कतिपय
सुबिधाहरु सबै प्रयोगकर्ताहरुलाई थाहा नहुन सक्छ।
त्यही मोबाईल फोन आवश्यक ईमर्जेन्सी परेको बेला हाम्रो जिबन
रक्षक पनि बन्न सक्छ भन्ने कुरा सायद सबैलाई जानकारी नहुन सक्छ
त्यसैले यस बारे छोटकरीमा बर्णन गर्दैछु।






















=> १) के तपाईंलाई थाहा छ ? मोबाईल फोनको बिश्वब्यापी ईमेर्जेन्सि
नम्बर ११२ हो र यो नम्बरलाई जुन सुकै बेला
(जस्तो कि प्याड लक भएको बेला पनि) पनि डायल गर्न सक्नु हुन्छ।
यदी मोबाईलको आफ्नो सिग्नल कमजोर भए वा आउट










अफ कवरेजर एरीया भए पनि यदी ईमेर्जेन्सि भएको खन्डमा ११२ डायल
 गर्न सक्नु हुन्छ जस बाट तपाईंको मोबाईल सिग्नल





नजिकको कुनै पनि नेट्वोर्क सँग जोडीन पुगी आवशकिय मद्त लिन सकिन्छ।
























=> २) के तपाईंलाई आफ्नो मोबाईल सेटको सिरियल नम्बर










थाहा छ? छैन भने आज नै पत्ता लगाइ हाल्नुहोस!










जस्को लागि मोबाईल सेट मा *#०६# डायल गर्नुहोस त्यसपछी
स्क्रीनमा देखा परेको पन्द्र अंकको नम्बर नै







तपाईंको मोबाईल सेटको सिरियल नम्बर हो जुन










संसारको कुनै पनि मोबाईल सेट सँग नमिल्ने











किसिमको यूनिक हुन्छ त्यसपछी त्यो नम्बरलाई










नोट गरी शुरक्षित राख्नुहोस। यदी आफ्नो मोबाईल










सेट कुनै कारण वस हराएको खण्डमा मोबाईल सर्विस प्रदान
गर्ने कोम्पनीलाई सो सिरियल नम्बर दिई







ब्लक गर्न लगाउनुहोस त्यसो गरेपछी सो मोबाईल सेट










अन्य कसैले पनि प्रयोग गर्न सक्ने छैन। यदी चोरले










सिम कार्ड नै चेन्ज गरे पनि त्यो सेट प्रयोग गर्न










सक्दैन। त्यसो गरे तपाईंको आफ्नो मोबाईल











फिर्ता गर्न नसके पनि मोबाईलमा रहेको आफ्नो महत्वपूर्णकुराहरु









अन्यको हातमा पर्न बाट बच्न सकिन्छ।



























=> ३) सम्झनुहोस चोरहरुले तपाईंलाई बलजफ्ती पक्रेर ATM









मेसिनबाट पैसा झिक्न लगायो जुन बेला चोरहरुको सामु










तपाईं मोबाईल वा अरु कुनै माध्यमले अन्य कसैसँग मद्त










माग्न सकिरहेको छैन भने, यस्तो अवस्थामा चलाखीपूर्ण
 तरिका अपनाएर तपाईं प्रहरीको मद्त माग्न सक्नु







हुनेछ। जस्को लागि तपाईंले ATM कार्डको पिनकोड










नम्बरलाई उल्टोबाट डायल गर्नु पर्ने छ, जस्तै











तपाईंको पिनकोड नम्बर १२३४ भए ४३२१ डायल










गर्नुहोस र उल्टोबाट पिनकोड नम्बर डायल गरे











पनि ATM मेसिनले तपाईंको कार्डको सही कोड नम्बर
पहिचान गर्ने छ र पैसा निस्कनेछन तर यसै बेला ATM






मेसिन सँग रहेको स्पेसल डिभाइस र











तपाईंको मोबाईलको नेट्वोकिङ डिभाइस











मिली प्रहरी कन्ट्रोल रुममा आपत्कालिन











सूचना प्रदान गर्ने छ र प्रहरीले स्थान को पहिचान










गरी तुरुन्त तपाईलाई उद्दार गर्ने छ।



























=>४) यदी तपाईंले कारको चाबी कार भित्रै राखी अचानक










ढोका लक गर्न पुगेको खण्डमा र स्पेयर चाबी घर मै भए के









गर्नु हुन्छ? एक छीन त आपत नै पर्ला हैन?











यदी कारको ढोकामा रिमोट कन्ट्रोल भए











नआत्तिनुहोस, मोबाईल द्वारा समाधान लिनुहोस ।










यस्तो अवस्थामा तपाई आफ्नो कारको ढोका नजिकै
उभिनुहोस र घरमा रहेको अन्य सदस्य सँग








उहाको मोबाईलमा फोन गर्नुहोस र घरमा रहेको स्पेयर










चाबीलाई उस्को मोबाईल नजिकै लगि अनलक वटन










दबाउन लगाउनुहोस,त्यसो गरेमा तपाईको कारको ढोका खुल्ने छ, भएन त समाधान!!!























=>५) यदी तपाईंको मोबाईल सेटको ब्याट्री एकदमै कमजोर










वा काम गर्न नसक्ने अवस्थामा छ तर सोही समयमा
तपाइलाई ईमर्जेन्सी फोन गर्नु पर्यो भने के गर्नुहुन्छ?







यस्तो अवस्थामा मोबाईलको कि प्याडमा *३३७०#










डायल गर्नुस्, तपाईंको मोबाईलमा रहेको रीजर्ब ब्याट्री सन्चालन
हुने छ, जस बाट तपाईंले आफ्नो खतरा टाल्नु सक्नु हुनेछ।





                                                                                     मनपराउने जति LIKE/SHARE/TAG गरौँ

Thursday, July 26, 2012

हङकङमा आँधीखोला साँझ तेश्रो भव्य रुपमा सम्पन्न

स्याङजा जनसेवा समिति हङकङको आयोजनामा आँधीखोला साँझ तेश्रो भव्य रुपमा सम्पन्न भएको छ । युनलोङ स्थित थीएटर हलमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरू चर्चित लोक दोहोरी गायक तथा गायिका पुरुषोत्तम न्यौपाने, मुना थापा र नव आधुनिक गायक नरजंग गुरुङको साथमा स्थानिय कलाकारहरू तमु साँस्कृतिक परिवार, मगर रोष गुमष्ठा लगायत स्थानीय गायकद्वय तिर्थ गुरुङ र नरेन्द्र गुरुङले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । 


कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि स्याङ्जावासी बयोबृद्ध गंगा गुरुङको साथमा अध्यक्ष कोमल गुरुङ कान्छा र बिशेष अतिथिहरू हङकङका एक मात्र पहिलो नेपाली सोलिसिटर(वकील) एक नारायण शर्मा, स्याङ्जाकै बुद्धिजीवी तथा ब्यबसायी प्रिस्टाईन किन्डर र्गाडेनका सुपरभाइजर जगदिश आले मगर, आंधीखोला स्टोर चुनवानका प्रोपाइटर चेत बहादुर गुरुङ्, सस्थापक अध्यक्ष भक्त गुरुङ, कोने ईन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीका डाइरेक्टर अर्चन गुरुङ र समितिका सल्लाहकार जंग बहादुर गुरुङले एकै साथ रिवन काटेर कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्ने दाताहरुलाई संस्थाको तर्फ बाट पुष्प गुच्छा उपहार दिइएका थियो ।


स्याङजा जनसेवा समिति हङकङका अध्यक्ष कोमल गुरुङले हङकङमा आई स्याङजा जिल्लाको नाम उच्च राखेकोमा पहिलो नेपाली सोलिसिटर एकनारायण शर्मा, २०१० का मिष्टर हङकङ विजेता अमृत गुरुङ, फियोना आईडल २०११ की विजेता शबनम गुरुङ तथा फियोना आईडल २०१२ की सेकेण्ड रनरअप होम कुमारी थापालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।


तमु सांस्कृतिक परिवार हङकङको ‘तिमी भन्दा म पहिला मर्छु’ भन्ने गीतको बोलबाट नृत्य सुरु गरिएको सांस्कृतिक कार्यक्रममा पुरुषोत्तम न्यौपानेले ‘घाम जस्तो चम्किलो जुन हुदैन’, ‘पूर्बैमा झ्याल राखे झल्को आउँछ,’ ‘नरिसाउन सानु तुल्सीपुरैमा,’ ‘आफै बाटो खोज्नु’ लगायत आफ्ना चर्चामा आएका धेरै गीतहरू गाएर मनोरन्जन गराएका थिए । त्यसै गरि अहिलेका चर्चित लोक दोहोरी गायिका मुना थापाले ‘यो संसारको रित होइन, छैन भन्दिन पिरती लाकै हो मैले तिमी सित’ भन्ने गीतले पहिलो प्रस्तुति स्वरुप दर्शकहरुको गडगडाहट ताली पाएकी थिईन । अन्य चर्चित गीतहरु ‘चिसो चिसो हावा सरर रुमाल फरर’, ‘हावा चल्यो सरर’, ‘झल्को आउँछ त्यो आँधीखोला’ भन्ने गीतहरू गाएर दर्शकहरूलाई  भरपुर मनोरन्जन गराएका थिए ।


यसै गरि मगर रोष गुमष्ठा हङकङका कलाकारहरूको समूहले सौजन्य स्वरुप कौडा नृत्य, तमु कलाकार प्रिया गुरुङले ‘उंडु कि गुडुं कि’ भन्ने गीतको बोलमा धमाका नृत्य पस्कदै तमु सांस्कृतिक परिवार हङकङले ‘सालै जो’ लगायत अन्य आकर्षक नृत्यहरु पनि पस्केका थिए । कार्यक्रमको अन्त्यमा ‘मौरी घुम्यो फुलको रसैमा’, ‘म त हिंडे पोखरा माया हिड्यौ स्याङजा बसैमा’ भन्ने गीतको बोलमा दोहोरी गीत गाएर कार्यक्रमको समापन गरेको थियो । वरिष्ठ गीत सङ्गीतकार चेतमान गुरुङ, भाजवीर गुरुङ र कृष्ण गुरुङको समूहले वाध्यवादनमा साथ दिएका थिए ।
  समितिका सह सचिव चौ गुरुङ, कोषाध्यक्ष रीता गुरुङ र सचिव भोजेन्द्र गुरुङको संयुक्त संचालनमा रहेको आधीं खोला साँझ तेश्रोमा उल्लेखनीय मात्रामा दर्शकहरुको उपस्थिति रहेको थियो । समितिकै सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष कोमल गुरुङ कान्छाले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक, भि आई पी दर्शक तथा कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई धन्यवाद व्यक्त गरे ।
प्रस्तोता
मुक काजी गुरुङ
संयोजक
आधीखोला सांझ (तेस्रो) तथा स्याङजा जनसेवा समिति हङकङ








मनपराउने जति LIKE/SHARE/TAG गरौँ

Monday, July 23, 2012

आखिरी निशानी

जिन्दगीको सबै दु:ख उन्को दानि हो,

मेरो जिन्दगी त एक अधुरो कहानि हो,


मिटाईदिन्थेँ हरेक दु:ख तर,


यो दु:ख नै त उन्को आखिरी निशानी हो.










Bidhyanand Chaudhary (निर्दोश)

Tuesday, July 17, 2012

पिरती बस्यो फेशबुकसँगै

प्रिय फेशबुक,
मिठो सम्झना अनि धेरै माया

प्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा गर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! यो खबर सुन्दा र म आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा एकदमै खुशी लागिरहेको छ ।


प्रिय फेशबुक, मैले कतै सुनेको अनि पढेको पनि थिए, एकै नजरमा पनि माया बस्छ भनेर तर नढाँटिकन भन्नुपर्दा तिमीलाई भेट्नुभन्दा अगिसम्म यो सब कुरा झुठो हो जस्तो लाग्दथ्यो मलाई तर जब आजभन्दा करिब दुईवर्ष अगि इन्टरनेटको दुनियाँमा भ्रमण गर्ने क्रममा पहिलोचोटि तिमीसित भेट भयो मलाई यो कुरा साँचो हो भन्ने थाहा भयो ।
....
...


प्रिय फेशबुक, तिमीले मनमनै कति गफ हान्यो यो केटाले भन्यौँ होला तर धरोधर्म यो कुरा सोहै आना साँचो हो । मैले मात्रै होइन, तिमीलाई त म जस्तै कति हो कति साथीले पहिलो भेटमै मनपराउनु भएको छ । यदि विश्वास लाग्दैन भने अहिले यो प्रेमपत्र पढिरहनु भएको साथीलाई नै सोधन् , वहाँले तिमीलाई कति मनपराउनुहुन्छ भनेर ? वहाँले पनि तिमीलाई पक्कै पनि धेरै माया गर्नुहुन्छ भनेर मलाई पुर्ण विश्वास छ ।

यो त भयो पहिलो भेटको कुरा, तिमीलाई भेटिसकेपछि मलाई पनि तिम्रो साथी बन्न मन लाग्यो अनि त्यसको लागि आवश्यक फर्म भरी साइन अप क्लिक गरी तिमा्रे साथी त बने तर सुरु–सुरुमा आफ्नो प्रोफाइल बनाउदाँ र एकाउन्ट कन्र्फमेशन गर्दा चाँहि तिमीले अलि अलि दुःख दिएर सताको पनि मैलेँ कहाँ भुलेको छु र ! तर तिमीले सुरुमा अलि अलि सताए पनि केही दिनपछि एकपछि अर्को गर्दै मेरो स्कुलदेखि क्याम्पससम्मका साथीहरु र अरु थुप्रै मिल्ने साथीहरु र आफन्तहरुलाई तिमीमार्फत भेट्न पाउँदा म कति खुशि छु भनेर तिमीलाई थाहै छ र तिमीले गर्दा अहिले त मेरो साथीहरुको एउटा सानोसंसार नै भइसकेको छ र त्यसको लागि तिमीलाई जति धन्यवाद दिए पनि अपुग नै हुन्छ तैपनि मेरो ह्दयदेखि नै मुरी मुरी धन्यवाद छ ।
एउटै शहरमा र टाढा टाढा भएका सबै साथीहरुसँगको भेट अनि उनिहरुको फोटो र स्टाटशमा कमेन्ट हान्दा र अझ च्याटमार्फत अनलाइन भएको बखत प्रत्यक्ष कुराकानी गर्न पाउँदा मलाई मात्रै नभई सबै साथीहरुलाई खुशि लागिहाल्छ नि ! अझ आफ्नै फोटो र स्टाटशमा साथीहरुले हानेको कमेन्टको रिप्लाई गर्न पाउदाँको मज्जा त छुट्टै छ नि ।

यि बाहेक अरु अनेकन सुविधा दिएर तिमीले मलाई मात्रै होइन करौडौँ साथीहरुलाई मोहोनी नै लगाइरहेकीछौँ तर केहि फेक प्रोफाइल र अश्लिल र विशेष गरी राजनीतिक नेताहरुलाई लक्षित गरी प्रकाशित गरीने सामग्रीले तिम्रो सुन्दरतामा कमि ल्याइरहेको छ । त्यस्ता सामग्री तिमीमार्फत प्रकाशन गर्नेलाई दण्ड र सजाय दिनुपर्ने बेला पनि भइसकेको छ । केही व्यक्तिहरुको त्यस्तो तुच्छ र घृणित कार्यले गर्दा म तिमीलाई गुमाउन चाहन्न , त्यही भएर बेलैमा केही कदम उठाउनु है तिमीले !

प्रिय फेशबुक ,अब अरु धेरै के लेखुँ र साथीहरुलाई पनि बोर लाग्ला फेरी ! अँंं...खासमा कुरा के भनी म विशेष कारणवश हाम्रो देश नेपालको छिमेकी देश चीनतिर केही दिनको लागि जादैँछु र त्यहाँ कार्य व्येस्तताले गर्दा तिमीसित भेट गर्न नपाइयेला जस्तो छ । त्यही भएर जानु अगि तिमीलाई यो पत्र लेखेको, म केही दिनको लागि टाढिए अनि तिमीलाई भेट्न आइन भन्दैमा माया चाहिँ नर्मानु नि फेरी ! म केही दिन पछि आइहाल्नेछु नि ! त्यतिन्जेल पर्खि बस्नु है, म चाडै आउनेछु..........

उही तिमीलाई धेरै माया गर्ने 
        ammar thapa magar ( A.T.M )

एउटा सुन्दर फुल्


एउटा सुन्दर फुल्
हेर्द मा राम्रो सुन्दर फुल्
रङै रङ्मा सजिएको सुन्दर फुल्
मिठो शुभस्मा डुबेको सुन्दर फुल्
तर आज त्यो केहि उदस देख्छु
रङ्हरु मा पनि बेरङ देख्छु
शुबास पनि उडेको देख्छु
हृद्यय भरी पिडा गुम्सेको देख्छु
यो बसन्त्को मौशम मा पनि फुल उदास छ
हाँङ्गा देखी नै फुल झुकेको देख्छु
मैले हेरे त्यो फुल्लाई मेरो मनै भयो उदास्
गएर नजिक सोधे मैले त्यो फुल लाई
किन छौ उदस तिमी ?
किन छ तिम्रो रङ उडेको ?
कता हरायो तिम्रो शुभश ?
कस्लाई गर्दै छौ याद तिमी ?
कस्को छ प्रतिक्षा तिमीलाई ?

सुनेर मेरो कुरा
आँखा उन्को रसाएको देखे
मोतिझै अशुको दानाले
मुहर भरी छचल्किएको देखे
आँशुहरुलाई सम्हल्दै उनिले
हृदाय भरी को पिडा लाई सम्हाल्दै
भनिना मलाई हेय प्रानि
पहिलो प्रेम मेरो पहिले जीवन्
थियो कोही मेरो आफ्नो मेरो प्रेम्
सजएको थिए यो हृदाय भरि
चहेको थिए उसलाई सधै भरि
गयो आज छोडेर मलाई
यो संसार मा बनाएर एक्लो मलाई
अबा कसरी यो दुनिय मा फुलु म
अब कस्को निम्तो यो संसार मा शुभश छरु म
जस्ले मलाई हृडेअ देखी माया गर्‍यो
जस्ले मलाई आफ्नो छाती भरी सजएर रख्यो
निस्ठुरी यो दैब बनी दिएपछि
एक्लाई यो दुनिय बस्नु पर्‍यो
तेसैले म रुन्दै छु
एकान्त आफ्नो पिडा आफै सङ भन्दै छु
बस तेसैले म उदास छु
बस तेसैले म उदास छु


******   अमर मगर *****

खै कहा छ माया ?

Laptop मा छ की Google मा माया !
Facebook मा छ की Yahoo मा माया ?
कोही त देखाऊ कोही त बताऊ खै कहा छ कहा,
कहा छ माया ???
एक छीन online नदेख्दा माया !
पल पल मुटु चर्किनछ !!
online कहिले भेटिंछ भनी !
छिन छिन याद आइरहन्छ !!
inbox मा छ की comment मा माया !
vioce chat मा छ की video chat मा माया ??
एउटा GF जीउँदै जल्छे BF को माया ममतामा !
रगत मा छ की भावनाको नाता मा माया ??
कोही त देखाऊ, कोही त बताऊ खै कहा छ ?
कहा, कहा छ मेरो माया ??????



A.T.M gorkha

Saturday, May 5, 2012

आत्मकथा

पल्लो घर को आइमाई 
जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ
...
लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।

मैले एकछिन उसलाई टोलाएर हेरेँ। मलाई ऊ बोल्न खोजेझैं लाग्यो। तर ऊ बोलिन, म पनि बोलिनँ। ऊ जतातिरबाट आउँदै थिई म त्यतैतिर जाँदै थिएँ। आमनेसामने उभिएर हामीले एकअर्कालाई हेरिरह्यौं। कति बेरपछि हो कुन्नि, एउटी सानी केटी आई र उसलाई भनी, ...मामु, छिटो जाऊँ न!'
मेरा आँखा विस्थापित भए, उसको छोरीतर्फ।
ऊ छोरीलाई डोराउँदै मेरो छेउबाट बिस्तारै अघि बढी। लाग्थ्यो, उसलाई आफ्ना पाइला बढाउन गाह्रो भइरहेको थियो। मैले फर्केर ऊतिर हेरेँ, उसले पनि मलाई नै हेरिरहेकी थिई। निकै टाढा पुग्दासम्म मैले उसलाई हेरिरहेँ, उसले पनि मलाई फकर्िंदै हेर्दै गरिरही।
दृष्टिपटलबाट ऊ ओझेल भएपछि म स्तब्ध भएर हिँड्न थालँे। मस्तिष्क सुन्य थियो, शरीरमा गेयता हराएको थियो। धेरै पछि पो मलाई थाहा भयो - म अफिस हिँडेको मान्छे सिधै घरमा गएर ओछ्यानमा पल्टिन पुगेछु।
......................
चार वर्षअघि म कलेजको प्रथम वर्षमा हुँदा उसलाई पहिलो पटक देखेको थिएँ। ऊ र उसको पति हाम्रो घरछेउकै घरमा भाडामा बस्न आएका थिए। उनीहरू शिक्षित र सम्भ्रान्त देखिन्थे। उसको पतिले राम्रै ठाउँमा रोजगार पाएको हुनुपर्छ किनकि ऊ आफ्नो मोटरसाइकलमा आवतजावत गर्थ्यो र उनीहरूको आम्दानी पनि राम्रै हुनुपर्छ, दुई जनाको परिवारले एउटा सिंगो फ्ल्याट लिएर बसेको थियो। बिदाको दिनबाहेक उसको पति घरमा बस्दैनथ्यो। ऊ दिनभरिजसो नै घरमा हुन्थी। मैले उसको आँखा र ओठमा तृप्तिको यस्तो चमक देेखेको थिएँ जो विरलै मान्छेमा देख्न पाइन्छ त्यसैले मलाई लाग्छ उनीहरूको जीवन परिपूर्ण थियो।
ऊ एकदमै राम्री थिई त भन्न मिल्दैन तर हाँस्दा दुईतिर गालामा पर्ने खाल्टो र हल्का खैरो रंगको आँखाको दीप्ति जो कोहीलाई बेकाबु गर्न पर्याप्त थियो। जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसकोे हेराइमा हराउन थालेँ। कस्तो सम्बन्धको कल्पनामा म थिएँ, थाहा छैन, उसमा मप्रतिको सोेचाइ कस्तो थियो थाहा छैन, तर म दावाका साथ भन्न सक्छु मैले एउटी स्त्री र पुरुषबीचको आकर्षणको सम्बन्धबारे सोचेको थिइनँ। र, मलाई पूर्ण विश्वास छ उसले पनि मलाई आकर्षणको भावले हेरेकी थिइन किनकि ऊ प्रेमको पूर्णाहुति गरेर परिणयको सूत्रमा बाँधिएको नवविवाहिता थिई। म ऊभन्दा कैयौं वर्षले कान्छो, ठेट्नो।
उसलाई हेर्ने लोभले मलाई त्यतिबेला यतिबिघ्न पागल बनाएको थियो कि म हरेक साँझ उसको पछिपछि झोला बोकेर तरकारी बजारतर्फ आफ्नो पाइला बढाउँथेँ। मैले कहिल्यै तरकारी किनमेल गर्ने गरेको थिएन - घरमा सबै छक्क परे। एकदिन त अचाक्ली नै भयो। कहिल्यै मुला नखाने मैले आफैले मुला किनेर ल्याएँ, घरमा सबै चकित भए। म आफैं पनि निकै छक्क परेँ। एकदिन उसले मुला किन्दै गरेको मैले हेरिरहेको थिएँ। सायद अर्धचेतन अवस्थामा मुला किन्न पुगेको छु।
ममा बहुलठीपन बढ्दै गयो। म धार्मिक बन्दै मन्दिर जान थालेँ, उसलाई देख्न पाइन्छ कि भनेर। सधैं टिभी हेरेर दिन बिताउने म झ्यालमा बसेर पल्लो घरको ठोकामा आफ्नो नजर दौडाउन थालेँ। हरदिन, हरसमय मेरा नयनले उसैलाई खोजिरहेका हुन्थे तर मेरा ओठले यो भावलाई कहिल्यै प्रकट गरेनन्। सिधै उसको मुहारमा मैले कहिल्यै हेरिनँ पनि। बरु उसले पो मलाई सिधै अगाडिबाट हेरिदिन्थी, मलाई असजिलो महसुस हुन्थ्यो, यताउता हेर्ने कोसिस गर्थें। केही बेरपछि आँखाको कुनाबाट उसलाई हेर्दा उसले उसरी नै हेरिरहेको पाउँथेँ। अनि धेरै बेरपछि ऊ यस्तो मुस्कानले मलाई आक्रमण गरेर जान्थी जसको पीडाबाट मुक्ति पाउन मलाई घन्टौं लाग्थ्यो। तथापि त्यही दिनचर्याले रोजिन्दा नयाँ-नयाँ कोणबाट लोभ्याँउथ्यो।
यो छटपटाहट र उकुसमुकुसलाई मनमस्तिष्कमा मैले धेरै दिन दबाएर राख्न सकिनँ। तिनलाई एक दिन मैले मेरो काकाको छोरासमक्ष खोलेँ। उहाँ नाताले दाजु भए पनि मसँगै साथीको व्यवहार गर्नुहुन्थ्यो। उहाँले मैले भोगिरहेको मानसिक तनाव एक सामान्य अनुभव हो, जीवनमा घट्ने यस्तै किसिमका अनुभूतिले नै जीवनलाई जिउनयोग्य बनाउँछ भन्नुभयो। म मनमनै खुसी भएँ। तर तुरुन्तै उहाँले भन्नुभयो, ‘प्रेमको त्यो फूललाई टाढैबाट हेर्नू, स्पर्शको अभिलाषा लिएर नजिक नजानू।' उहाँको कुरा सुनेर ममा पीडा भयो। मलाई लाग्यो, उहाँले ममा उमि्रएका भावलाई राम्ररी बुझ्न सक्नुभएन।
परिस्थिति बोध गर्न नसक्ने, प्रेमको गहिराइ नबुझ्ने जोकोहीले पनि उहाँले भनेझैं भन्छ भन्ने सम्झेर आफ्नो प्रेमबारे कसैलाई केही नभन्ने प्रतिज्ञा गरेँ, तर त्यो प्रतिज्ञा धेरै चाँडो टुट्यो - बोझिल हृदयलाई हल्का बनाउन मैले एउटा अन्तरंग मित्रसमक्ष मेरो समस्या भनेँ। तर, उसले पनि बुझेन मेरो समस्या र ‘ऊ'बाट टाढै रहन सल्लाह दियो।
त्यतिखेर म खाली समय टोलका साना भाइबहिनीलाई ट्युसन पढाउँथेँ। एक दिन ट्युसन पढाउँदै गर्दा उसको लोग्ने आयो र भन्यो, ‘मैले सालीलाई काठमाडौंमै पढाउने सोचेर ल्याएको छु, भाइले यसो गाइड गर्दिनुपर्‍यो।' अर्को दिन उसले आफ्नी साली मालिकालाई लिएर आयो। ऊ सात क्लासमा पढ्ने, अलिकति लजालु स्वभाव, गोरो रंग सानो उचाइकी, पातली राम्री केटी थिई। हाँस्दा उसकी दिदीको जस्तो उसको गालामा डिम्पल त पर्दैनथ्यो तर त्यो मुस्कान दिव्य थियो।
‘इङ्लिस स्पिकिङ प्राक्टिस' को बहानामा मैले मालिकालाई थुप्रो व्यक्तिगत प्रश्न गरेँ। उसले दिएका प्रत्येक उत्तर मैले बिर्सिदिएँ तर एउटा उत्तर मैले स्मृतिको कुनामा सुरक्षित राखिछाडेँ - माला। उसकी दिदीको नाम। 
यो नामका लागि त मैले प्रश्नको पेटारो खोल्नुपर्‍यो, कसरी यो नामलाई एउटा कानले सुनेर अर्को कानले उडाउन सक्थेँ! 
एक दिन मैले मालिकालाई सोधेँ, ‘तिम्री ददी घरमा दिनभर के गर्नुहुन्छ?'
‘खासै केही गर्नुहुन्न। तर अब केही दिनपछि कम्प्युर सिक्न जाँदै हुनुुहुन्छ।'
‘कहाँ?'
‘एप्टेक्टमा।'
त्यसै दिन कान्तिपथ गएर म एप्टेक्टमा भर्ना भएँ। तर कुन समयमा क्लास लिने, त्यो निर्णय गर्न सकिनँ। चिनेको कोही साथी पनि पढ्दैछन् कि भनेर हेर्ने बहानामा मालाले कुन सयममा क्लास लिँदै रहिछे भनेर भर्ना हुनेहरूको सूची हेरेँ। मालाले १२ देखि १ सम्म क्लास रोजेकी रहिछे। मैले पनि त्यही समय रोझेँ। तर मैले उसलाई पछ्याइराखेको छु भन्ने उसलाई भान नपरोस् भनेर मैले ग्राफिक्स रोजेँ, उसले विन्डोज ट्रेनिङ लिँदै थिई। 
हाम्रो क्लास सुरु भयो र झल्याक-झुलुक भेट हुन थाल्यो। म ती भेटबाटै खुसी थिएँ। 
एक दिन रिसेप्सनमा गएर मैैले उसको इमेल पत्ता लगाएँ। र, त्यसै दिन उसलाई मैले ‘भर्चुअल ग्रिटिङ कार्ड' पठाएँ। कसले पठाएको हो भनेर उसलाई संकेत दिन मैले कार्डको तल रोमन लिपिमा ...छिमेकी' लेखेको थिएँ। सायद त्यो लेख्न जरुरत थिएन किनकि मेरो इमेल आइडी नै मेरो नाममा थियो र म उसको बहिनीको शिक्षक भएकाले उसलाई मेरो नाम पक्कै थाहा थियो। 
मैले त्यसरी नै उसलाई भर्चुअल कार्ड र चुट्किलाहरू पठाइरहेँ। एकदिन मैले मेरो कम्प्युटर खोल्दा पाएँ कसैले बाँदरको स्केच गरेर पठाएको रहेछ। राम्ररी नियालेर हेर्दा मैले देखेँ - रोमन लिपिमा ‘पल्लो घरकी आइमाई' लेखिएको थियो। जवाफस्वरूप मैले गुलाफको फूल पठाएँ र तलबाट लेखेँ, ‘धन्यवाद मेरो स्केच राम्रो थियो, तर नाक अलिक मिलेन।' त्यसपछि त एउटा सिलसिला नै चल्यो च्याट अर्थात गफको, केही हाँसो, केही भावना नितान्त निजी आदानप्रदानको। हामी ‘साइबर स्पेसमा' बसेर घन्टौं गफ गर्थ्यौं। वास्तविक रूपमा हामीले आमनेसामने भएर कुरा गर्ने जमर्को कहिल्यै गरेनौं, किनकि घरमा होस् वा बाहिर, भेट हुँदा हामीलाई सधैं असजिलो लाग्थ्यो। तर हामी आफूलाई कम्प्युटर स्त्रि्कनअगाडि यतिबिघ्न उदांगो पार्थ्यौं कि हुनसक्छ त्यसै समय हामी वास्तविक रूपमै आमनेसामने भएको भए एक अर्काको हात समातेर गगनको नीलिमालाई छुन दौडने थियौं।
कम्प्युटरमा ऊसँग यसरी नै जिस्किरहेका बेला एक दिन मैले कहीँ घुम्न जानका लागि आग्रह गरेँ, उसले कुन ठाउँ जाने भनेर सोधी। मैले स्की खेल्न कुनै स्नोल्यान्ड जाऊँ भनेँ, उसले स्की खेल्न नआउने भनी । त्यसपछि मैले बोटिङको अफर गरेँ, उसले पानीसँग डर लाग्ने कुरा गरी। अनि मैले तिमी नै भन न कहाँ जाने भनेर सोधेँ, उसले इडेनको गार्डनमा जाऊँ भनी। मैले हुन्छ भन्ने जवाफ पठाएँ। त्यसपछि ऊ र म साइबर जोनमा घुम्न गयौं। राम्रा-राम्रा फूलहरूको माझ ऊ पनि फूल भएको मैले कल्पना गरेँ। त्यसपछि मैले एउटा रातो गुलाफ टिपेँ र उसलाई दिएँ। प्रत्युत्तरमा उसले मलाई चुमी। 
उसकै लागि मैले विभिन्न ठाउँबाट सुफी संगीतका वेबसाइट खोजेर उसलाई फरवार्ड गर्थें। र, आफूचाहिँ कम्प्युटर स्त्रि्कनअघि बसेर त्यही सुफी धुनमा ऊसँग भुलिरहेको कल्पना गर्थें। कतिपटक त मैले उसलाई लभ फोरमको वेबसाइट पनि फरवार्ड गरँे। एकपटक त यसरी नै कम्प्युटरमा क्लिक गर्दागर्दै साइबर म्यारिज एक्सेस हात लाग्यो। मैले तुरुन्तै उसलाई यो कुरा अवगत गराएँ। प्रतिउत्तर उसले पठाई, जो मैले कल्पना गरेको थिइनँ।
‘रियल म्यारिज त गरिसकेँ, अब अर्को पटक भर्चुअल म्यारिज पनि गरौं न,' मालाले भनी। ऊ एउटा यस्तो अस्तित्व लिएर मेराअघि आएकी थिई, जो एकदमै स्वतन्त्र थियो, समाज, घरपरिवार आदि केहीले पनि उसलाई बन्धनमा पारेको थिएन। 
उसको वर्जनाहीन स्वतन्त्रताले मलाई हौस्यायो, मैले हनिमुनमा जाने ठाउँको लिस्ट नै पठाएँ। ‘कहाँ जाने - पेरिस, ब्रसेल्स, लग्जम्बर्ग, लन्डन, न्युयोर्क?' उसले राम्रो विचार भन्ने भाव व्यक्त गरी। कहिलेकाहीँ हाम्रा कुरा एकदम ‘एक्सटि्रम' मा पुग्थे। के कुनै केटी आफ्ना छट्पटाहट यति सजिलै भन्न सक्छे?
‘फ्रिडम भनेको कसैको रोकतोकबिना बाँच्न पाउनु हो। मलाई बाँच्नु भनेको मिनिङफुल हुनुपर्छजस्तो लाग्छ। जता हेर, फ्रि सोसाइटीले मात्र प्रोग्रेस गरेका छन्। फ्यामिलीप्रति मात्र होइन सोसाइटीप्रति पनि हाम्रो योगदान हुनुपर्छ।'
म अवाक भएँ। मैले भन्नुपर्ने केही थिएन, ‘गो अन' बाहेक।
‘युथ कल्चरलाई रोकेर के हामी इरान बन्ने? मान्छेको रमाइलो गर्ने इच्छा मार्‍यौं भने उसको क्रिएटिभिटी नष्ट हुन्छ।'
‘एस।'
‘नाइट लाइफ राम्रो लाग्छ, पार्टीहरूमा जान खुब रमाइलो लाग्छ।'
‘ह्वाट अबाउट सेक्स?'
‘टिन एज सेक्स र प्रि म्यारिटल सेक्समा हामी किन अल्भि्करहेका छौं, मलाई अचम्म लाग्छ। शरीरको मालिक हामी आफैं हो, के मालिकले आफूखुसी गर्न नपाउनु? पेरेन्ट्सले हामी केटीहरूलाई प्रपर्टीका रूपमा हेरेकाले नै यति धेरै रेस्ट्रिक्सन भएको हो। हाम्रो पढाइले हामीलाई यति पनि सिकाएको छैन र हामीले एक्प्लोइटेसनबाट बच्नुपर्छ? सेक्सुअलिटी र मोरालिटीलाई सँगै राखेर हेर्नुहुन्न। सेक्सुअलिटी प्राइभेट कुरा हो, मोरालिटीले मासलाई इफेक्ट गर्छ। वेस्ट सेक्सुअली फ्रि छ तर के यसले उनीहरूलाई करप्ट गरेको छ त?'
यस्ता च्याटसँगै दिन बित्दै थिए। एक दिन हजुरआमालाई भेट्न मलाई मामाको घर पाल्पा जानुपर्‍यो। एक हप्तापछि फकर्िंदा उनीहरूले कोठा छोडेर गइसकेका रहेछन्। पछि थाहा पाएँ - घरबेटीसँग भाडाको विषयलाई लिएर भनाभन भएको रहेछ। विछोडको पीडाले मेरो मन निकै रोयो। उसले मलाई यसरी अचानक छोडेर जाली भन्ने मैले सोच्न सकेको थिइनँ र यो विछोडलाई हाम्रो सम्बन्धको अवास्तविक धरातलजस्तै अवास्तविक ठानेर उसलाई भेट्न कान्तिपथ गएँ। कम्प्युटर खोलेर इमेल चेक गरेँ। इनबक्समा मालाको चिठी रहेछ :
‘हावाझैं आइरहेका दिन, रात, महिना र वर्ष हावाझैं गैरहेका छन्। हिजो नै त आएको थियो शरद, प्रकृतिमा प्रित फैलाउन। संसारिक उल्झनलाई पन्छाउँदै श्वास लिइरहेको मलाई दृटिवत भैरहेछ - एउटा सत्य। सायद ढिलो भयो कि प्रित बुझ्न, तथापि अहिले म सत्यानुभूत गरिरहेको छु - तिमी र मबीच कहिल्यै वास्तविक प्रेम भएन किनभने वास्तविक रूपमा हामी कहीँ पनि छैनौं। नेटिजन र सिटिजनबीच धेरै फरक छ, प्रिय छिमेकी।'
.................
म ओछ्यानबाट उठेर झ्यालनेर गएँ र बाहिर हेर्न थालेँ। 
अघिल्लो दिन परेको पानीले धोइएर काठमाडौं षोडसीझंै देखिएको थियो। सडकका खाल्टाहरू ससना पोखरीमा परिणत भएका थिए। एक्कासि माला बस्ने फ्ल्याटबाट एउटा सानी केटी कौसीमा आई र सफा आकाश हेरेर केही किन्चित हाँसोको मुद्रामा यताउता हेरी, गमलामा फुलेको सयपत्री टिपी अनि त्यसलाई तलतिर फाली। त्यो पानी भरिएको खाल्टोमा खस्यो। त्यहाँ लहर उठे। सायद त्यो मेरो मन हो, लहर पछि लहर, उठिरहेका, उर्लिरहेका।


By:
चिरण्जिवी थापा 
ढोरपाटन बाग्लुङ नेपाल 

Monday, April 23, 2012

"प्रेम पत्र पर्देसीको"

पिर्र्या
+++++सर्ब पर्थम त यो पर्देसिको तर्फ बाट अटुट माया अनी जिबनको अन्तिम घडी सम्मको सम्झना ल?खै कसरि सम्बोधन गरु पिर्र्या साएद मा संग सम्बोधनको कमी भएर होला तेती धेरै सम्बोधन गर्न असमर्थ छु|फेरी पनी छोटो मिठो यो मन भित्रको सत्ते तत्थे कुरा लेखन पर्र्यास गरेको छु| तर के गर्नु जति लामो लेखे पनी तिम्रो मायाको अलवा केहि सोच्नै सक्दिन बस सारम्स मा भए पनी लामो सम्झनाको आभास गरउन चाहन्छु|**
*************साच्चै सोच्ने र हेर्ने हो भने पिर्र्या संसारमा अतिनै लोभ लाग्ने,मन पर्ने किर्तिम मानब निर्मित साधन छ जस बाट धेरै लाभ मिल्छ तर पनी ति सबै तिम्रो माया भन्दा सुस्म,केहि मुल्ल्या नै न भएको जस्तो लाग्छ| जो मेरो जिन्दगीमा केहि कामनै छैन झैँ लाग्छ|अतितका ति कुरा समझदा मन भित्र खहरे उर्लेर आउछ र पनी के गर्नु छोरो मान्छे हु|आसु आखा मा न पुग्दै मन भित्र को पोखरीमा समुन्द्र बनाउन बाद्धे छु,ठिकै छ पिर्र्या म मेरो हाल येहा जे जस्तो भए पनी तिमी आफ्नो ख्याल गर्नु.मेरो लागी पर्देसी तड्पिएको होला भन्ने सोच्नु,जुन अबस्तामा पनी खुसी हुने पर्यास गर्नु तिम्रो सानो मुस्कान मेरो जिन्दगी भरिको महत्तोपुर्ण खुशी हो|जो कम तिम्ले आफ्नो भबिस्सेको लागी सोचेर सुरु गरेको काम पुरा गर्नु|सुन्दर सपना र मिठो कल्पनाको फल लाई दैबले पनी नकार्न सक्दैन त्यो अबस्से मिल्छ|मन्दिरको छेउमा बसी खाएको त्यो बाचा कसम अबस्से सफल हुनेछ|बर पिपलको फेदमा बसी गासेको पर्णय सिरमा हात राखी देखेको सपना त्यो बाचा चौतारी म नै बसी जिन्दगीको लामो सास फेरौला|
***************बस मायाको अलगै संसार दुनियाको सामू बनाउने छौ,आकासको न सके पनी प्रिथिबी को एक कुनामा छुट्टै महल को नक्सा बनाउला बस पर्खी बस एक दिन हाम्रो मायाको फूलबारीमा सुन्दर फुल फुलाउन छ| ल त पिर्र्या आजलाई येतिनै पछी फेरी लेखौला आफ्नो ख्याल राखनु धेरै माया अनी सम्झनाको साथ बिदा |

""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""""'उही तीमीलाई हमेसा माया गर्ने पर्देसी"
चिरण्जिवी थापा




By: Chiranjivi thapa Baglung Dhorpatan Nepal.

Friday, April 20, 2012

भोलि आमाको मुख हेर्ने औशी ||

हिर्दये देखिनै सम्झना छ आमा
तपाई कै कारण संसार देखेको छु||
धन्यछ मलाई जन्म दिनुभो आमा
आफैलेनै दुख सुख हरु देखे को छु ||

जननी आमा ले जन्म दिनु भो हामीलाई
खाइ न खाइ खुवाएर हुर्काउनु भो आमा ||
सदा सर्बदा रोएर हसाउनु भो हामीलाई
आफु पीडाले दुखेर पनि हसाउनु भो आमा ||

सक्दो सारे गरेर आमाको महिमा लाइ सम्मान गर्नु होस् ||









By :Chiranjivi thapa Baglung 


Dhorpatan nepal.

Wednesday, April 18, 2012

तिमी

मध्यराती सपनीमा आउने को हौ तिमी!
तोडेर निन्द्रा मेरो सताउने को हौ तिमी!!

मुटु यो चुडेर लाने भोक तिर्खा हरेर!
जाने यति धेरै माया लाउने को हौ तिमी!!

चैतमास खडेरी जस्तै उजाड मेरो!
जिन्दगीमा हरियाली छाउने को हौ तिमी!!

निराशाले झेलेको जीवनमा दिएर साथ्!
हारेको मेरो आत्मा जगाउने को हौ तिमी!!

स्वार्थी यो संसारमा दिएर मायाको हात!
जीवनयात्रा संगै गराउने को हौ तिमी!!
  

By : Chiranjivi thapa Baglung Dhorpatan