Wednesday, September 21, 2011

दसैंमा आउन सकिन आमा

प्रदेशमा छु चाहेर पनि दसैंमा आउन सकिन आमा
बाबाको मिठो माया यो दशैको बेला पाउन सकिन आमा
यो धर्ती आकाश एउटै छानामुनी तैपनी कहाँ हुन मेरी आमा
सातसमुद्रपारी बने प्रदेशी चेली तेसैले धाउन सकिन आमा
आत्मा मेरो रोइरहेकोछ तैपनी हासेको छु आमा
मुटुमा गाठो पारी सङिनीसित हिंडेकोछु आमा
मेरो प्यारो आमा बाबा मुटुभरी छ माया....






by: Sita rana magar

            chitwan nepal

Tuesday, September 20, 2011

**** कल्पना को सगर मा डुबीरहन्छ प्रदेसी ******

मुटुभरी देशको माया अनि , आँखा भरि सुनौलो सपना  !!
धन कमाउन हिडेको प्रदेशीको मन  भित्र सधै यस्तै-यस्तै कल्पना  !!!
मरुभूमिको गर्मि अनि यहाको दैनिकी , भनेर कहाँ साध्य छ  !!
अफ्नाहरुसंग टाढा रहेर ,पराइ हरुसंग हातेमालो गर्न बाध्य छ  !!!
आमाको न्यानो काख अनि , बुबा को अटुट मायाले झस्काईदिन्छ  !!
आफ्नै पाखा अनि , भीरहरुमा , घास दाउरा अनि मेलापात गरेको आभास भैदिन्छा  !!!
बाल्यकाल को साथिहरुसंग घुची र गुचा खेलिरहे झैँ लगिरहन्छ   !!
फिका फिका जिन्दगि , मरुभूमिमा प्रदेसी एक्लै टोलाईरहन्छ   !!!
कसैको मायाको अभाब मा, जीबन संगिनी को याद आइदिन्छ  !!
जिन्दगि फिका -फिका छ , भनि सोच्दै प्रदेसी कल्पनाको सागरमा डुबीदिन्छ  !!!
दिनभरि प्रदेसी, मरुभूमिको गर्मी अनि बालुवा मा रुमलिन्छ  !!
भुन्टे अनि सानीको पढाई सम्झदै उनीहरुको उज्जल भबिष्य  को कल्पनामा डुबीदिन्छ ,डुबीदिन्छ ,डुबीदिन्छ
By: Bal bahadur amgai
gorkha chyangli-3 Nepal

Monday, September 19, 2011

पर्खी बस्नु



कस्तो रहेछ हाम्रो माया नचाहेरनी छुट्यो
 आशु जति हाम्रो भागमा हासो सबै लुट्यो,
 दुइ आत्माको चाहना हो किन मर्थ्यो
 त्यसै टाढा भएर के भोर याद आउछ सधै,
 यो जूनीमा त्यस्तै भैगो संगै जिउनलाई
 पर्खी बस्नु अर्को जूनीमा तिमीले मलाई !!!





by: narayan singh rana 
narayangarth chitwan nepal 

Sunday, September 18, 2011

मेरो अधुरो सपना ....

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो चिनो जाली रुमाल, सेती छेउ धुन्छे होली ।”

"आज राजमार्ग अवरुद्ध गरिएको छ" मान्छेहरुको भिडबाट एउटा आवाज सुनियो । कुनै असन्तुष्ट समुहले गरेको यो बन्द देख्दा मलाई राजनीतिक अस्थिरता प्रति वितृष्णा पैदा हुन्छ ।
मलाई चिसो हावाले व्युँझ्यायो ।  मैंले सोचेको थिएँ, अब केहि घण्टामै घर पुगिनेछ । खिया लागेको पुल काट्न नपाउँदै गाडी रोकियो । सयौंयात्रुहरु राजमार्गमा अलपत्र परेका थिए । यो कुरा नौलो थिएन । "आज राजमार्ग अवरुद्ध गरिएको छ" मान्छेहरुको भिडबाट एउटा आवाज सुनियो । कुनै असन्तुष्ट समुहले गरेको यो बन्द देख्दा मलाई राजनीतिक अस्थिरता प्रति वितृष्णा पैदा हुन्छ । वाटो खुल्ने कुनै छाँटकाट नै थिएन, अब समय विताउनु पर्‍यो, एक्लै झरेँ तल गण्ड्की  नदी किनार ।

त्यस प्रभातकालिन समयमा घामका सुनौला किरण त्यो निश्चल, तिव्र वहावमा साँच्चै अति रंगीन देखिन्थे । त्यस प्रकृतिको मन्त्रमुग्ध पार्ने दृश्य सायद वर्णन गर्न सकिन्न । केहि पर खोलामा पानी थाप्न आउने महिलाको निकै लाम थियो । कम्मरमा गाग्री च्यापेर खोलातिर झर्ने महिलाको भिडबाट छुट्टिएर एक सानी नानी म तर्फ बढ्दै थिइ । म छेउ आएर उभिएर धेरै बेरसम्म पनि चुपचाप रहेकाले मैंले सोधिहाले "के भो नानु ?" उनले मलाइ झ्वाटै जवाफ दिइन् -"दाइ मलाइ मेरो फोटो देखाउनु न ।" “मैले कुरै बुझिँन र भने "कुन फोटो नानु ?" चुसिरहेको बुढी औँला निकाल्दै केहिबेर पछि भनिन् , "पहिले तपाइसँग आ'की दिदीले मेरो फोटो खिच्नु भा थ्यो नी, हाम्रो घर गएर ।
मलाइ मेरो एकान्त भंग गरेकोमा अलि रिस उठीरहेको थियो, फेरी कैलेकाँहि एकान्तमा वस्दा एकलकाटेपनि त हुने हैन नी ।
लगभग दुइ वर्ष पहिला होला सायद, म त्यै गण्ड्की  सेरोफेरोमा घुम्न आएको थिए । एकदिन गण्ड्की  छेउ बसेर आफ्नै विचारमा डुबिरहेको थिए, पानीमाथि उफ्रन खोज्ने ठुला माछाहरुको लिला हेर्दै । परबाट कोही आइरहेको देखेँ, एकैछिनलाइ भए नी आखाँ घुमाइहालेँ । क्यामरा भिरेकी ति युवती देख्नासाथ मैले उनी फोटो पत्रकार वा रिपोर्टर हुन भन्ने अनुमान गरेँ । एकछिन त बोलाउँ जस्तो लागेथ्यो तर अरुलाइ बित्थामा किन डिस्टर्ब गर्नु भनेर वास्ता गरिन । "के गर्दैछौ ?" यसरी एक्कासी अपरिचित आवाज सुन्नासाथ हत्तपत्त जवाफ निस्किहाल्यो - "ए...हैन, केहि हैन । “एकलकाटे जस्तो किन एक्लै टोलाएको ।" मलाइ मेरो एकान्त भंग गरेकोमा अलि रिस उठीरहेको थियो, फेरी कैलेकाँहि एकान्तमा वस्दा एकलकाटेपनि त हुने हैन नी । यतिबेलासम्म उनी मेरो छेउमा बसिहालीन, नचाहेरपनि मुस्कुराएँ । उनी बोल्न सुरु भईन । उनको नाम प्रिया । उनी अहिले TV च्यानलमा काम गर्दै छिन । मैलेपनि आफ्नो परिचय दिनैपर्‍यो ।

धेरै बेरपछिको बातचितपछि मात्र मैले आँखा जुधाउने हिम्मत गरेँ । उज्यालो मुहार, लालिगुराँस झैँ लाली चढेका गाला, उक्सेका छाती, मुस्कानले भिजेका ओठ, उनका गाजलु आँखामा म डुब्न थाले । उनले अप्ठ्यारो महशुस गर्दै भनिन् - "के हेरेको यसरी","हैन" मैंले जवाफ दिएँ । उनको मुसुक्क हाँस्दा ओठमा लालिगुराँस फुलेको भान हुन्थ्यो । परबाट सानी नानीकी आमाले बोलाएको आवाज सुनियो, "सानु, यता आउ" आमाको आवाज सुन्नेवित्तकि ति सानी नानी दौडेर गइन् । मैले हात हल्लाएर बिदा गरेको उसले देखिन । परपुगेपछि मात्र उ आमासँग औँलाले मलाइ देखाउँदै थिइ ।
उनी भन्दै गइन्, "कुनै बेला नागराज भएको सो क्षेत्रमा अहिले ति नागका मात्र चिन्ह छन्, ढुङ्गे भिराला पहाडमा , जो मध्यान्हमा चम्किँदा लाग्छन् कि त्यहाँ साँच्चै नागहरु नै सयर गर्दैछन् । हो , म त्यही इतिहास खोजी गर्दै छु र मैंले त्यही तस्विर लिनु पर्नेछ" 

"सारथिले " एकदिनको भेटमा नै मलाई प्रभाव पारिसकेकी थिइन । उनले मलाइ यस क्षेत्रको जनजीवन, विषयवस्तु, बोलीभाका बारेमा बताउन भनिन । यस स्थानको प्राकृतिक माधुर्यता, बैग्लै जनजीवन झल्कने तस्बिरहरु क्यामरामा कैद गर्न भ्याइनभ्याइ थियो उनीलाई । त्यही देखेर मैंले सोधेँ "तिमीले किन यसरी फोटोपत्रकारीता गरेको, तिमी ग्ल्यामर दुनियाँमा प्रवेश गरेको भए अलि बढि सफल हुन्थ्यौ ।" उनीले केहि प्रतिक्रिया दिइनन् । "तिमी साँच्चै राम्री छौ  ।" केहिबेरपछि मात्र भनिन - "थाहा छ, म यहाँ डकुमेन्ट्री बनाउन आएको हुँ,गण्ड्की  सेरोफेरो, यहाँका माझिको जनजीवन र रहनसहन बारेमा । र म यस पछि डोटीको खप्तड क्षेत्र जाँदैछु ।" "तिमी अनि एक्लै ...त्यो यात्रा धेरै जोखिमपूर्ण छ ।" मैले सम्झाँए । "केहि हप्तामै त्यहाँ खप्तड मेला हुँदैछ, त्यसैले म थुप्रै पैदल यात्रीसँग जानसक्छु ।" मलाइ उनको त्यो दृढ संकल्प देखेर आश्चर्य जाग्यो । "त्यहाँ एउटा पुरानो कथाको खोजमा छु", उनी भन्दै गइन्, "कुनै बेला नागराज भएको सो क्षेत्रमा अहिले ति नागका मात्र चिन्ह छन्, ढुङ्गे भिराला पहाडमा , जो मध्यान्हमा चम्किँदा लाग्छन् कि त्यहाँ साँच्चै नागहरु नै सयर गर्दैछन् । हो , म त्यही इतिहास खोजी गर्दै छु र मैंले त्यही तस्विर लिनु पर्नेछ", यतिभन्दा उनी गंभिर मुद्रामा थिइन् ।
"थाहा छ तपाईलाइ सहिद भनेका ठुला मान्छे हुन रे, आमाले भन्नुभा'को", ति सानी नानीले भनीन् ।
उनका ओठमा नदीको सुस्केरा थियो । हामी थप चित्रहरुको कैद गर्न नजिकैको पातलो वस्ति तर्फ बढ्यौँ । नजिकैको सानो चौरमा वस्तु चरिरहेका थिए, केहि पर स-साना नानी खेल्दै थिए । प्रियाको क्यामेरा देख्नासाथ ति सानी नानी हामी छेउ आएकी थिइन । त्यो सानो भेटमा प्रियाले उनको फोटो खिचेकी थिइन् । ति नानीसँग वात गर्दै जादाँ थाहा भयो, उनका बावु सहिद भएका छन् रे । "थाहा छ तपाईलाइ सहिद भनेका ठुला मान्छे हुन रे, आमाले भन्नुभा'को", ति सानी नानीले भनीन् । पक्कै त्यो जनआन्दोलनको लडाँइ हुनुपर्छ । यहाँका उत्पीडित वर्गको अधिकारको लडाँइको खातिर हुनुपर्छ तर अझै यो क्षेत्रमा राज्यको आँखा पुग्न सकेको छैन । "तिमी स्कुल जादैँनौ ?" प्रियाले सानी नानीलाई सोधिन् । "नाँइ, आमाले भन्नु भाको, म भ्याउँदिन रे । तपाइलाइ थाहा छ हाम्रा धेरै वस्तुभाउ छन्, उ त्यहीँ छन् । हाम्रो घर जाउँ न, यैँ नजिकै हो", उनका कुराहरु यथार्थ र भावुक थिए ।
सन् १९५९ मा रुथ हेन्डलरले न्यूयोर्कको खेलौना प्रर्दशनीमा सजाएकी "बार्बी" भन्दा कम थिइनन् उनी । हो ३६’१८’३८ फिगर, लामा तिघ्रा, विशाल स्तन एउटा विवादित परिकल्पना हो, तर त्यो आज आफ्नै आँखा अगाडी देख्दैछु ।
किनारमा आँउने स-साना लहरहरुले हामीलाइ छोइरहेको थियो । किनारको ढुङ्गामा बसेर आधा खुट्टासम्म पानीमा डुबाएर हामी ति लहरहरुलाइ महसुस गर्दै थियौँ । ति मन्द चिसा लहरहरु उनका सुन्दर गोडा छोएर मात्तिदैँ किनारामा गएर ठोकिन्थे । म आफुलाइ तिनै बदमास लहरहरुमा मिसाउन चाहन्थे ताकि म उनको कोमलताको स्पर्श गर्न सकुँ । विपरित दिशाबाट चल्ने हावाले उनका कपालहरु उडाएर मतिर ल्याउँथ्यो । कहिले कानतिर त कहिले घाँटितिर, म चाहेर पनि हटाउन सक्दैनथे । धेरैपछि मात्र उनी सजग हुन्थीन र कपाल बटुल्न थाल्थिन तर फेरी उडाइहाल्थ्यो । यहि मौकामा म उनको रुप चोर्न चाहन्थे ।

सन् १९५९ मा रुथ हेन्डलरले न्यूयोर्कको खेलौना प्रर्दशनीमा सजाएकी "बार्बी" भन्दा कम थिइनन् उनी । हो ३६’१८’३८ फिगर, लामा तिघ्रा, विशाल स्तन एउटा विवादित परिकल्पना हो, तर त्यो आज आफ्नै आँखा अगाडी देख्दैछु । भनिन्छ, सुन्दर स्त्री कि मुर्ख हुन्छन्, कि घमण्डी । तर कपट र कलुषरहित आफ्नो सुन्दरताको ज्ञानबाट बेखबर छिन् उनी । लाग्थ्यो, उनी सामान्य महिला होइनन् वा मेरा नयनले मेरो सपनाको राजकुमारीको पातलो छायाँ देखिरहेछ, एक भ्रमित हेराइ पनि हुनसक्छ । म यसरी धेरैबेर डुबिरहेको देखेर उनले भनिन् - "हेर, हाम्रो देशमा अपार सम्पदा छन् तर पनि हामी सदुपयोग गर्न सकिरहेका छैनौ । " मैले अर्को किनारामा रहेको एक अवशेष देखाउदै भने "उहिले अङ्ग्रेजले चढ्ने मोटरवोट त्यही हो, कयौं वर्षदेखि त्यहीँ लडिरहेको छ ।"
त्यही बिचबाट भएर जान्छन थुप्रै गाडीहरु, खियालागेको, विस्फोटले क्षतविक्षत प्वाल परेको कर्णालीमाथिको पुल भएर, राजधानीतिर हुइँकिन्छन् थुप्रै सपना बोकेर मानिसहरु ।
हाम्रो आखाँसामु त्यो अपार तिव्र वहाब छ, तर नजिकै बाँझा खेतहरु छन, गाउँ अध्यारो छ, पानी थाप्न खोलामै पुग्नुपर्छ । जीवनभर डुङ्गा खियाउँदै जिवन गुजार्ने माझीलाई मोटरवोटको खप्परले कुटील मुस्कानले जिस्काइरहेको छ । केहिपर राजमार्गका दुबैपट्टि थुप्रै झुप्राहरु मात्र छन् । त्यही बिचबाट भएर जान्छन थुप्रै गाडीहरु, खियालागेको, विस्फोटले क्षतविक्षत प्वाल परेको कर्णालीमाथिको पुल भएर, राजधानीतिर हुइँकिन्छन् थुप्रै सपना बोकेर मानिसहरु ।

"तिमी मलाई विर्सनेछौ है ?" मैले सोधे । प्रतिउत्तर केहि आएन र मैले फेरी भने -"मलाई तिम्रो धेरै याद आउनेछ ।"
यस्ता अफशोचका दृश्यहरु देखेर प्रियाले भनिन्, "हो, अब हाम्रो युवापुस्ता जाग्नुपर्छ, एउटा दृढ संकल्प लिएर, देशका निम्ति ।" उनका आँखामा अनन्त सपनाको चाङ देखिन्थ्यो ।मैले कुरा अन्तै मोडेँ -"तिमी अब के गर्छौ ?" उनले भनिन् - "यो डकुमेन्ट्री प्रर्दशनी पछि, ग्रयाजुएशन गर्नेछु, फोटो पत्रकारीतामै ।","तिमी मलाई विर्सनेछौ है ?" मैले सोधे । प्रतिउत्तर केहि आएन र मैले फेरी भने -"मलाई तिम्रो धेरै याद आउनेछ ।"
_ _ _
"वा, वा, वा, समीर, तँ-त छुपारुस्त निस्कीस" राजनले जिस्काउँदै भन्यो । सबैजना गलल हाँस्न थाले । रक्सीका प्यालाहरु रित्तसिकेका थिए । सबैजना मातमै थिए, बिचमा आगो दनदन दन्किरहेको थियो । आज दिउँसो देखि नाच्न सुरु गरेकोले सबै जना थकित थिए । आज सबै साथी भेटभएको मौकामा यो क्याम्पफायर गरिएको थियो । थुप्रै वर्षपछि स्कुलका सहपाठी यसरी जम्मा भएकोले सबैले आ-आफ्नो अविस्मरणिय यादहरु सुनाउने खेल थियो । यसअघि कसैले आफ्ना नन भेज कथा सुनाएका थिए त कसैले अधुरो प्रेम कहानी, कसैले युद्धकालका ज्यादती खप्नुपरेका यादहरु । यो पालो समीरको थियो र उसले प्रियासँगको यादहरुलाइ धमिलो बनाएर सुनाइरहेको थियो । ल, यो एक प्याक हाम्रो समीरले प्रियाको तर्फबाट भन्दै हरिशले फेरी गिलास थमायो, सबै गलल हाँसे । मलाई साह्रै निन्द्राले च्याप्न थाल्यो, सायद समीरको कथा अलि लामै छ, त्यसपछिमात्र मेरो पालो आउनेछ । मलाई केहि बेर सुत्नु छ, तर अफसोच उसको कथा अधुरो हुने भयो र समीर कथा यसरी बढाउँदै थियो । “हामी ले धेरै बेरसम्म त्यहाँ वितायौँ, घाम डाडाँ काट्न थालिसकेको थियो । हामी नदी किनारको ठुलो ढुङ्गामै बसेका थियौं र पनि हामी बिच सम्मानजनक दुरी कायमै थियो .................”

                                                                                           
 by: Bishal magar gorkha nepal.

Saturday, September 17, 2011

याद

जति भुलू भने पनि याद बढ्छ झन्


तिमी बिना पनि रुन्छ मेरो यो मन,


आकाशको बादल झैँ भयो हाम्रो माया


जता जाऊ उतै देख्छु तिम्रै मात्र छाया,


नसकियौ संगै जिउन नसकियौ भूल्न


मन भरि पिंडा बोकी पर्दो रहेछ जिउन !!!






                     by: Narayan Singh Rana
                   
                       narayangarth chitwan

Sunday, September 11, 2011

कहाँ पाइछ र ?

अलिकति आशा फूल्दा बिश्वास कहाँ फूल्छ र ?

अलिकति पहाड चढ्दा हिमाल कहाँ चढीन्छ र ?

अलिकति यात्रा गर्दा लक्ष्यमा कहाँ पुगीन्छ र ?

अलिकति हाँस्न पाउदा सुख कहाँ पाईन्छ र ?

आउला भन्ने आशा बोकी न पर्खु है कइलै मौका

चुप्चाप बसे जुनी बित्छ खुल्दैन है 


भाग्यको ढोका.!!
    
        by: Sita rana magar

            chitwan nepal

Saturday, September 10, 2011

सम्झना


सम्झना

सम्झी बसेको छु मेरो देश नेपाललाई !

आमाको मायाले सटाइ रहेछ आज मलाई !!

बसेको छु बिदेश्मा आफ्नो मन जलाई !!!

मेरो कथा ब्यथा सुनाउ कस्लाई !!!!

आर्को बर्ष भेट्ने बच्चा गर्छु हजुरलाई !!!!! 
                                by: jamuna magar london united kingdom.

आशा

सपनीमा देखे उनलाई ब्युझिएछु निन्द्राको मातमा !

यता उता हेरे कोही थिएन मेरो साथमा !!

हुरी बतास चलिरहेको थियो त्यो सुनसान रातमा !!!

मलाई थम्याउन आउछन कि भनी रहे उनको आशमा !!!!


                                  by: jamuna magar london united kingdom 

Wednesday, September 7, 2011

तिमी पराइ हुँदा !!


कसरि हाशौ म तिमी पराइ हुदा,रून पनि सकिन मेरै सामु तिमी रुदा
म पनित खुशी थिए सबको खुशी देख्दा,मरे सरि भाको थिए तिमीले छाडी जादा
मेरो सारा खुशी तिमी नै हौ भन्थ्यौ,अंगालोमा बाधिएर कति माया गर्थ्योउ
मिठा मिठा बात गरि कति रात काटथ्योउ,हामी दुइको दुख:सुख एक आपसमा बाडथ्योउ
रुदै भन्थ्यौ मरी दिन्छु तिम्रो भैन भने,बाचे संगै बचौला मरे संगै मर्ने
तर आज समयले कोल्टे फेरी दिदा,दुइ खोलाको किनार भयोउ संगै जिउने भन्दा
तिम्रो त्यो चोखो मायालाई मैले भुले छैन,हाम्रो मायाको डोरी अझै सम्म चुडिएको छैन !!!

by: Narayan singh rana

narayangarth,chitwan 

तिम्रो मायाँ

आखामा राख सधैं मलाई !!

आशुले बगाउने डर छैन !!!

मुटुमा राख सधैं मलाई !!

घाउले पोल्ने गुनासो छैन !!!

मायाको फुल देउ सधैं मलाई !!


काडा संग तिरस्कार छैन !!!

वर्तमानमा तिमी सधैं मेरो बन !!

भुतकाल संग कुनै गुनासो छैन !!!

उज्यालो लाई जतनले चलाऊ!!

अन्धकारको भरोसा छैन !!!




by: सिता राना मगर  


चितवन नेपाल .

Tuesday, September 6, 2011

जिन्दगी

गहिरिएर जिन्दगीको परिभाषा  खोजिरहेछु मैले !
बितेका अतितको याद हरु आइरहन्छ जहिले !!
यहाँ सम्म डोर्याउने गोरेटोलाई भुल्दीन कहिले !!!
अतुल्ये भबिश्यको कल्पनामा डुबिरहेछु अहिले !!!! 












by: jamuna magar 
                               
london united kingdom

मान्छेको मन

मरेर लानु केही छैन हो नै बाच्दा भरी !
 

बाच्दा सम्म भोग्नु पर्ने अनेक थरी !!


आशै आशमा बित्छ जिन्दगी आत्मा नभरी !!!


मान्छेको कहिले पनि नभरिने 


 मनको भकारी !!!


   by: jamuna magar 
                               
  london united kingdom

Monday, September 5, 2011

यत्रा बिदेशको

          बिहान को मिर्मिरे उदय हुन बाँकी नै थियो । सुर्यदय हुनु अघिनै मैले आफन्त हरुको साथ छोडी साथमा सम्झना र मायाँ हरु बोकी म काठ्मांडौ तर्फ लागी सकेको थिए । मा तड्पिरहेको थिए । मलाइ गर्मी भएको महसुस भैरहेको थियो । आशुँ हरु रसाइ आँखाको नानी लाइ बिझाइ रहेको थियो । बन्दै गइ रहेको प्रबासी आत्मा पल पल आफन्त हरुको याद ले पिल्सी रहेको थिए । आमा जस्को कोखमा २१ बषन्त सम्म सङ्गै रहेर जिबन को लामो प्रदेश्को यात्रा बिछोड र बिदाइ को महसुस मा अबिरल बग्दै गरेको आमाको आशुँ हरु प्रदेश संग परिचित गराउदै ,बाबा जस्को नयन मा पिर चिन्ता मायाँ को मिश्रीत उदाश पन झल्किरहेको थियो । आशुँ को थोपा हरु ट्ल्किदै भिजेका परेली हरुले मालाइ काठ्माडौ एयरपोट बाट मलाइ टाटा बाइ बाइ गरिरहेको थियो । मैले कठोर आत्माको प्रयोग गर्दै बिदाइको हासो हासी मुस्काइ दिए । गह भरी आशुँ बोकी भनी रहेकी थिइ चाडै आउनु है फोन पत्रचार गर्दै गर्नु है । नारिको मन कोमल ह्र्दय खोलेर मेरो जिबन सङिनिले मलाइ आग्रह गर्दै आशा तर्फ केन्द्रीत नयन ले मलाइ रुन्च हासोमा बिदाइ गरी । यस जिबन यात्राको परिबेश संगै बग्दै जादा साउदी को बातबरण मा थोरै भए पनि ज्युदै मित्रताको नाता लाइ अमरत्व  तुल्याउन  मध्यानजर राख्दै अभाब ग्रस्त पिडित जिन्दगी यात्रा 
                       नेपाली समय अनुसार ३:४५ बजे २१० जना यात्री बोकी यती एयर मा दुबै  एयर्पोट मा अबतरण गर्यो । केही छिनको बिश्राम पछी  फेरी साउदी को रियाद को एयर्पोट मा अबतरण भयो । के गर्ने कामको सिल सिलामा आएको मान्छे एजेन्ट न आए सम्म बाहिर निस्कन पाएनौ । करिब ३-४ घन्टाको बसाइ पछी एजेन्ट आइ एयर्पोट बाट बाहिर निकाली गाडिमा हाली कार्यक्षेत्र कम्पनी मा लिएर आयो । बिधिको बिडम्बना भनौ या प्रकृतिको बिरमता यस धर्तिमा सास रहुन्जेल हर प्रकार को समस्या संग सामना गर्दै संघर्स शिल जिबन यापन गर्नु  पर्ने कहिले रङ्गिन सपना बुनेर बाच्नु पर्ने यस्तै यस्तै नाना तरहका  पल हरु संग मितेरी गास्नु पर्ने त्यासैले मानिसले बाचुन्जेल सम्म यस आलोक संसारमा अकल्पनिय करतुत गर्नु पर्दो रहेछ । यस्तै गरी कहिले साथी भाई संग ख्याल ठट्टा गर्दै त कहिले मालिक भनौदा हरुको तिखो बोली को गाली खादै मेरो दिन हरु बिती रहेका छन 
           क्रमश.................................................................
                                                                                                अमर थापा मगर गोर्खा च्याङ्ली ३ रयाले 
                                                                                                हाल : kingdom of saudi arab ( NADEC )