Monday, August 11, 2014

फोन हरायो ? पिर नगर्नुस् जिमेल छँदै छ नि

सर्च इन्जिन तथा लोकप्रिय सामाजिक सञ्जाल गुगलमा तपाइँको स्मार्ट फोन हराएमा खोज्न सघाउने एप्लिकेसन समेत छ । तर यसबारेमा धेरैलाई जानकारी छैन । स्मार्ट फोन हराएमा वा कतै छोडिएमा गुगलको यो एप्लिकेसनले त्यसलाई खोज्न सहयोग गर्छ र इन्टरनेटबाटै त्यसमा रहेका डाटा मेटाउन सकिन्छ । एण्ड्रोइड डिभाइस म्यानेजर नामक यो एप्लिकेसनले फोन हराएको समयमा यसमा घण्टी बजाउन समेत सक्ने सुविधा दिएको छ ।पछिल्लो पटक बजारमा आएका अधिकाँश एण्ड्रोइड मोबाइलमा यो एप्लिकेसन राखिएको नै छ । पुराना फोनमा समेत गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । तपाइँले गुगल अकाण्ट साइन इन गर्ने वित्तिकै एण्ड्रोइड स्मार्टफोन वा ट्याबलेटबाट सबै डाटा गुगल प्ले हुँदै एण्ड्रोइड म्यानेजरमा पुग्ने गर्छन् । एण्ड्रोइड म्यानेजर कसरी प्राप्त गर्ने ? जिमेल अकाण्टमा जानुस् । दायाँ पट्टी माथि देखिने नौ बटा बक्स भएको चिन्हमा क्लिक गर्नुस् । तपाइँको गुगल प्लस प्रोफाइल आइकनको तल पट्टी रहेको सानो गियर बटनमा क्लिक गर्नुस् । त्यसमा My orders, Settings and Android Device Manager भन्ने अप्सन आउँछ । यसमा क्लिक गर्नुस् । यसमा तपाइँको पासवर्ड मागिन्छ । यसपछि तपाइँको डिभाइसको सबै डाटा डिभाइस म्यानेजरमा जम्मा हुन्छ । अव जुनसुकै एण्ड्रोइड डिभाइस किनेपछि यो गरि हाल्नुस् ताकि हराए वा अन्यत्र परेमा पनि भेटाउन सजिलो होस् ।जव तपाइँको स्मार्टफोन वा डिभाइस हराउँछ वा कतै पर्छ त्यतिबेला यो डिभाइसको म्यानेजरमा गएर फोनको घण्टी बजाउने अप्सन हुन्छ । त्यसैगरी डिभाइसमा रहेका डाटा मेटाउन पनि सकिन्छ । त्यसैगरी यसबाट फोन लक पनि गर्न सकिन्छ । यसो गर्दा अरुले फोन प्रयोग गर्न सक्दैन । यसका लागि म्यानेजरमा गएर lock icon क्लिक गर्ने र त्यसमा गएर पासवर्ड दिने । नयाँ पासवर्ड दिने वित्तिकै फोन अरुले प्रयोग गर्न सक्दैन । तपाइँको फोनको स्क्रिन केही समयमै कालो हुन्छ ।त्यसैगरी जो सुकैले भेटाएमा पनि पाउने सन्देश समेत त्यस्तो उपकरणमा राख्न सकिन्छ । गुगल मेलबाट नै । यसमा फोन सम्पर्कका लागि नम्बर समेत राख्न सकिन्छ । copyright : http://nepali-khabarsite.blogspot.com मनपराउने जति LIKE/SHARE/TAG गरौँ