Tuesday, May 14, 2013

वाईफाईको पासवर्ड कसरी थाहा पाउने ?


 हातमा पैसा मुठ्याएर पैसा हरायो भनेर जती फनफनी घुम्दापनी  नभेटेको जस्तै आफ्नै ल्यापटपमा पासवर्ड हुन्छ तरपनी तरिका नजान्दा भनेको वेला काम टार्न सकिरहेको हुईदैन । वाईफाईको पासवर्ड के हो ? हेर्दे-हेर्दे भनेर कसैले काम अह्राउन पनी सक्छन् । त्यस्तो समयमा वाईफाई पासवर्ड हेर्ने तरिका जानि राखियो भने निकै प्रभावकारी हुनसक्छ । धेरै लामो तरिका नै छैन । दुई चार माउस क्लिक गर्नासार्थ पासवर्ड के रहेछ चाल पाउन सकिन्छ । कसरी वाईफाईको पासवर्ड थाहा पाउने छ ? म विण्डोज ८ अपरेटिङ सिस्टम राखिएको ल्यापटपवाट पासवर्ड हेदैछु । 


                               सवैभन्दा पहिल्य दाहिनेतर्फ ईन्टरनेट कनेक्सनमा क्लिक गर्नुस् । 

                               क्लिक गर्नासाथै तपाईले वाईफाई Connected भएको साईन देख्नुहुन्छ ।

Connected  भएको ठाउँमा राईट क्लिक गर्नुस् त्यहाँ तपाईले View Connection Properties  देख्नुहुन्छ । 


 View Connection Properties लाई क्लिक गर्नुभयो भने Security मा गएर Network Security Key देख्नुहुन्छ । अव Show Character गर्नुभयो भने मात्रै पनी वाईफाईको पासवर्ड सजिलै थाहा पाउन सकिन्छ ।






मनपराउने जति LIKE/SHARE/TAG गरौँ

Saturday, February 16, 2013

आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?

यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ,ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १,२ वा ४ जिबी सम्म्को ram होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो स्टार्टअप प्रोग्राम । हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा ब्यबस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौ ।

स्टार्टअप प्रोग्राम भनेको त्यो हो जुन तपाईंको कम्प्युटर खुल्ने बित्तिकै आँफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको taskbar को shortcut icon मा देखापर्छ । यसरी देखिएका icon कम्प्युटर स्टार्ट हुने बितिक्कै आँफै खुलेका प्रोग्रामहरु हुन । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानी कि कम्प्युटरमा एउटै समयमा अन्जानमै एक भन्दा धेरै प्रोग्रामहरु चलीरहेका छन । यसमा कुनै कुनै जरुरी पनि हुन्छ तर धेरै जसो तपाईंलाई जरुरतै छैन । जतीधेरै स्टार्टअप प्रोग्राम हुन्छ त्यती नै धेरै कम्प्युटर slow हुने गर्दछ ।

त्यसैले तपाईंले यि स्टार्टअप प्रोग्रामलाई हेरेर कुन कुन प्रोग्राम आफुलाई जरुरी छ त्यसलाई मात्र enable राखी अरुलाई disable गरी आफ्नो कम्प्युटरको गतीलाई छिटो बनाउन सक्नु हुन्छ ।

कम्प्युटरको startup प्रोग्राम हेर्नको लागि:-


@ start बटन मा क्लिक गरेर Run option मा क्लिक गर्नुहोस्
@ खुलेको window मा msconfig टाईप गर्नुहोस् ।
@ ok बटनमा क्लिक गर्नुहोस्
@ System Configuration Utility को window खुल्नेछ ।
@ त्यहा StartUp Tab मा क्लिक गर्नुहोस्
@ त्यहा आफ्नो कम्प्युटरमा चलीराखेका प्रोग्रामहरुको लिस्ट र रजिस्ट्री कि हरु देखिनेछ ।
@ यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई startUp बाट हटाउन चाहनु हुन्छ त्यसलाई uncheck गर्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा तपाईंले यि प्रोग्रामहरुलाई uncheck गर्दा Antivirus र अरु जरुरी प्रोग्रामहरुलाई uncheck नगर्नुहोला । सिर्फ यस्ता प्रोग्रामहरु मात्र हटाउनुहोस् जसको बारेमा तपाइलाई थाहा छ जस्तै : Winamp Agent, Google Talk, Adobe reader Launche वा अरु तपाईंले install गर्नु भएका application हरु ...

मनपराउने जति LIKE/SHARE/TAG गरौँ

आफ्नो Windows Xp लाई फास्ट Run गराउने केही उपयोगी टिप्सहरु.

तरिका नम्बर १@ My Computer मा Right Click गर्नुहोस् र properties मा जानुहोस् ।

@ Advanced Tab भित्रको Performance सेक्सन भित्रको seetings मा क्लिक गर्नुहोस् ।

@ Performance Dialog Box भित्र “Adjust for best performance” नामको रेडियो बटन Checkbox मा Tick लगाउनुहोस् ।

@ ओके गर्नुहोस्, तपाईंले Rusult immediately हेर्नु हुनेछ ।

तरिका नम्बर २
विन्डोज Performance फास्ट गराउने यो तरिकामा तपाईंको कम्प्युटर स्टार्ट हुँदा खेरी तपाईंलाई थाहा नै नभई automatically run हुने प्रोग्रामहरु बन्द गर्नु हो । यस्ता धेरै application हरु computer स्टार्ट हुँदा Background (Sys Tray) मा Run भई राखेका हुन्छन जुन तपाईंले स्क्रीनको तल दाँया तिर Clock सँगै देख्न सक्नु हुन्छ । तपाईंले यस्ता आवश्यक नपर्ने Application हरु Close गर्नु भई आफ्नो Windows XP को Performance छिटो गराउन सक्नु हुन्छ । यसको लागि
@ Start अनी Run मा क्लिक गर्नुहोस् ।
@ त्यहा msconfig टाईप गर्नुहोस् र ओके अथवा Enter गर्नुहोस् । System Configuration utility window खुल्नेछ ।

@ Startup Tab मा क्लिक गर्नुहोस् ।
@ अब त्यहा आफुले कम्प्युटर स्टार्ट हुँदा शुरु नहोस् भन्ने चाहने Application हरुमा Uncheck गर्नुहोस् ।

@ ओके गर्नुहोस् , तपाईंको काम लगभग सकियो ।
@ त्यहा एउटा Dialog बक्स देखा पर्नेछ , Restart वा Exit without restart छान्नुहोस् ।

@ जब तपाईंले restart गर्नु हुनेछ यो मेसेज देखा पर्नेछ ।

@ Don't show this message मा चेक लगाएर ओके गर्नुहोस् ।

तरिका नम्बर ३
स्टेप १
आफ्नो कम्प्युटरको Virtual Memory Increasing गरेर पनि windows XP लाई फास्ट गराइराख्न सक्नु हुन्छ । Hard Disk को Paging File एरियालाई Virtual Ram को रुपमा use गर्न सकिन्छ त्यसको लागि

@ My Computer मा Right Click गर्नुहोस् र Properties मा क्लिक गर्नुहोस् ।
@ अब यो location सम्म जानुहोस्
Advanced > Performance > Settings > Advanced > Virtual Memory > Change

@ तपाईंको कम्प्युटरको Virtual Memory सेक्सन खुल्यो , अब Idea लगाउने कुरा यो हो कि windows XP को pagefile लाई Drive C बाट अरु Drive मा Shift गर्ने हो ।
यसको लागि
@ Drive C को Pagefile लाई हटाउने र अरु Partition गरिएको Drive मा Shift गर्ने
@ अरु कुनै Drive लाई छान्ने र Costam चेक बक्समा टिक लगाएर तपाईंले pagefile मा दिन चाहनु भएको Space Amount टाईप गर्ने ।

स्टेप २
कम्प्युटरको Welcome Music र अरु Alert Sound हरु सबै हटाउने
तपाईंले विश्वाश गर्नुहोस् या नगर्नुहोस् तपाईंको कम्प्युटरको धेरै भन्दा धेरै Momory "Alert Sound" हरुले खाइरहेको हुन्छ । र यदि तपाईंलाई आवश्यकता छैन भने Welcome Music र अरु Alert Sound हरुलाई disable गरेर आफ्नो कम्प्युटरको Memory लाई बचाउन सक्नु हुन्छ । त्यसको लागि
@ Start मा क्लिक गन्रुहोस् र Control Pannel मा जानुहोस् ।
@ Sounds and Audio Devices मा Double क्लिक गर्नुहोस् ।
@ Sounds Tab भित्र जानुहोस् र Sound Scheme मा No Sound छानेर ओके गर्नुहोस् ।


स्टेप ३
network folder/printer automatic search लाई Disable गर्ने ।
तपाईंको कम्प्युटरमा network places / folders /printer छ भने अबस्य पनि तपाईंको कम्प्युटरको धेरै मेमोरी यि फोल्डरहरु network palaces वा Printer सम्म पुग्न Search गर्दै खर्च भई राखेको हुन्छ । यदि तपाईंको कम्प्युटरमा network connection वा printer छैन भने राम्रो Idia यो option लाई Disable गरी दिने हुन्छ । यसको लागि
@ My Computer मा Right Click गर्नुहोस् , Tools > Folder Option > View Tab मा क्लिक गर्नुहोस् ।
@ "Automatically Search for network folders and printer" भन्नेको CheckBox मा Uncheck गरी दिनुहोस् र ओके गर्नुहोस् ।




















मनपराउने जति LIKE/SHARE/TAG गरौँ