मुटु भित्र छुरा चल्दा नयनभित्र ताल भा'छ | |||
पानीबिना माछी जस्तै तिमीबिना हाल भा'छ | |||
बर्षौंसम्म प्रेमरूपी नाटक गरी गएपछी | |||
परेलीलाइ पखालेर रोको धेरै साल भा'छ | |||
के थाहा र फुल रोज्दा कांडा बनी घोच्छ भन्ने | |||
दुइ किनारा छोइ बग्ने जिन्दगि यो छाल भा'छ | |||
तिम्रो याद मेटाउंन गाउंघर छाडी यहां आएं | |||
कहां मिट्छ मनको घाउ या'नी उस्तै चाल भा'छ | |||
जहां गएनी तिम्रै यादले सताउंन नछाडेसी | |||
निष्प्राण भइ बस्ने रहर अन्तिम पर्खाइ काल भा'छ |
मनपराउने जति LIKE/SHARE/TAG गरौँ