Thursday, July 26, 2012

हङकङमा आँधीखोला साँझ तेश्रो भव्य रुपमा सम्पन्न

स्याङजा जनसेवा समिति हङकङको आयोजनामा आँधीखोला साँझ तेश्रो भव्य रुपमा सम्पन्न भएको छ । युनलोङ स्थित थीएटर हलमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारहरू चर्चित लोक दोहोरी गायक तथा गायिका पुरुषोत्तम न्यौपाने, मुना थापा र नव आधुनिक गायक नरजंग गुरुङको साथमा स्थानिय कलाकारहरू तमु साँस्कृतिक परिवार, मगर रोष गुमष्ठा लगायत स्थानीय गायकद्वय तिर्थ गुरुङ र नरेन्द्र गुरुङले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए । 


कार्यक्रमको शुभारम्भमा प्रमुख अतिथि स्याङ्जावासी बयोबृद्ध गंगा गुरुङको साथमा अध्यक्ष कोमल गुरुङ कान्छा र बिशेष अतिथिहरू हङकङका एक मात्र पहिलो नेपाली सोलिसिटर(वकील) एक नारायण शर्मा, स्याङ्जाकै बुद्धिजीवी तथा ब्यबसायी प्रिस्टाईन किन्डर र्गाडेनका सुपरभाइजर जगदिश आले मगर, आंधीखोला स्टोर चुनवानका प्रोपाइटर चेत बहादुर गुरुङ्, सस्थापक अध्यक्ष भक्त गुरुङ, कोने ईन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीका डाइरेक्टर अर्चन गुरुङ र समितिका सल्लाहकार जंग बहादुर गुरुङले एकै साथ रिवन काटेर कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्ने दाताहरुलाई संस्थाको तर्फ बाट पुष्प गुच्छा उपहार दिइएका थियो ।


स्याङजा जनसेवा समिति हङकङका अध्यक्ष कोमल गुरुङले हङकङमा आई स्याङजा जिल्लाको नाम उच्च राखेकोमा पहिलो नेपाली सोलिसिटर एकनारायण शर्मा, २०१० का मिष्टर हङकङ विजेता अमृत गुरुङ, फियोना आईडल २०११ की विजेता शबनम गुरुङ तथा फियोना आईडल २०१२ की सेकेण्ड रनरअप होम कुमारी थापालाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।


तमु सांस्कृतिक परिवार हङकङको ‘तिमी भन्दा म पहिला मर्छु’ भन्ने गीतको बोलबाट नृत्य सुरु गरिएको सांस्कृतिक कार्यक्रममा पुरुषोत्तम न्यौपानेले ‘घाम जस्तो चम्किलो जुन हुदैन’, ‘पूर्बैमा झ्याल राखे झल्को आउँछ,’ ‘नरिसाउन सानु तुल्सीपुरैमा,’ ‘आफै बाटो खोज्नु’ लगायत आफ्ना चर्चामा आएका धेरै गीतहरू गाएर मनोरन्जन गराएका थिए । त्यसै गरि अहिलेका चर्चित लोक दोहोरी गायिका मुना थापाले ‘यो संसारको रित होइन, छैन भन्दिन पिरती लाकै हो मैले तिमी सित’ भन्ने गीतले पहिलो प्रस्तुति स्वरुप दर्शकहरुको गडगडाहट ताली पाएकी थिईन । अन्य चर्चित गीतहरु ‘चिसो चिसो हावा सरर रुमाल फरर’, ‘हावा चल्यो सरर’, ‘झल्को आउँछ त्यो आँधीखोला’ भन्ने गीतहरू गाएर दर्शकहरूलाई  भरपुर मनोरन्जन गराएका थिए ।


यसै गरि मगर रोष गुमष्ठा हङकङका कलाकारहरूको समूहले सौजन्य स्वरुप कौडा नृत्य, तमु कलाकार प्रिया गुरुङले ‘उंडु कि गुडुं कि’ भन्ने गीतको बोलमा धमाका नृत्य पस्कदै तमु सांस्कृतिक परिवार हङकङले ‘सालै जो’ लगायत अन्य आकर्षक नृत्यहरु पनि पस्केका थिए । कार्यक्रमको अन्त्यमा ‘मौरी घुम्यो फुलको रसैमा’, ‘म त हिंडे पोखरा माया हिड्यौ स्याङजा बसैमा’ भन्ने गीतको बोलमा दोहोरी गीत गाएर कार्यक्रमको समापन गरेको थियो । वरिष्ठ गीत सङ्गीतकार चेतमान गुरुङ, भाजवीर गुरुङ र कृष्ण गुरुङको समूहले वाध्यवादनमा साथ दिएका थिए ।
  समितिका सह सचिव चौ गुरुङ, कोषाध्यक्ष रीता गुरुङ र सचिव भोजेन्द्र गुरुङको संयुक्त संचालनमा रहेको आधीं खोला साँझ तेश्रोमा उल्लेखनीय मात्रामा दर्शकहरुको उपस्थिति रहेको थियो । समितिकै सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष कोमल गुरुङ कान्छाले कार्यक्रम सफल पार्न सहयोग गर्ने प्रायोजक, भि आई पी दर्शक तथा कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई धन्यवाद व्यक्त गरे ।
प्रस्तोता
मुक काजी गुरुङ
संयोजक
आधीखोला सांझ (तेस्रो) तथा स्याङजा जनसेवा समिति हङकङ








मनपराउने जति LIKE/SHARE/TAG गरौँ

Monday, July 23, 2012

आखिरी निशानी

जिन्दगीको सबै दु:ख उन्को दानि हो,

मेरो जिन्दगी त एक अधुरो कहानि हो,


मिटाईदिन्थेँ हरेक दु:ख तर,


यो दु:ख नै त उन्को आखिरी निशानी हो.










Bidhyanand Chaudhary (निर्दोश)

Tuesday, July 17, 2012

पिरती बस्यो फेशबुकसँगै

प्रिय फेशबुक,
मिठो सम्झना अनि धेरै माया

प्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा गर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! यो खबर सुन्दा र म आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा एकदमै खुशी लागिरहेको छ ।


प्रिय फेशबुक, मैले कतै सुनेको अनि पढेको पनि थिए, एकै नजरमा पनि माया बस्छ भनेर तर नढाँटिकन भन्नुपर्दा तिमीलाई भेट्नुभन्दा अगिसम्म यो सब कुरा झुठो हो जस्तो लाग्दथ्यो मलाई तर जब आजभन्दा करिब दुईवर्ष अगि इन्टरनेटको दुनियाँमा भ्रमण गर्ने क्रममा पहिलोचोटि तिमीसित भेट भयो मलाई यो कुरा साँचो हो भन्ने थाहा भयो ।
....
...


प्रिय फेशबुक, तिमीले मनमनै कति गफ हान्यो यो केटाले भन्यौँ होला तर धरोधर्म यो कुरा सोहै आना साँचो हो । मैले मात्रै होइन, तिमीलाई त म जस्तै कति हो कति साथीले पहिलो भेटमै मनपराउनु भएको छ । यदि विश्वास लाग्दैन भने अहिले यो प्रेमपत्र पढिरहनु भएको साथीलाई नै सोधन् , वहाँले तिमीलाई कति मनपराउनुहुन्छ भनेर ? वहाँले पनि तिमीलाई पक्कै पनि धेरै माया गर्नुहुन्छ भनेर मलाई पुर्ण विश्वास छ ।

यो त भयो पहिलो भेटको कुरा, तिमीलाई भेटिसकेपछि मलाई पनि तिम्रो साथी बन्न मन लाग्यो अनि त्यसको लागि आवश्यक फर्म भरी साइन अप क्लिक गरी तिमा्रे साथी त बने तर सुरु–सुरुमा आफ्नो प्रोफाइल बनाउदाँ र एकाउन्ट कन्र्फमेशन गर्दा चाँहि तिमीले अलि अलि दुःख दिएर सताको पनि मैलेँ कहाँ भुलेको छु र ! तर तिमीले सुरुमा अलि अलि सताए पनि केही दिनपछि एकपछि अर्को गर्दै मेरो स्कुलदेखि क्याम्पससम्मका साथीहरु र अरु थुप्रै मिल्ने साथीहरु र आफन्तहरुलाई तिमीमार्फत भेट्न पाउँदा म कति खुशि छु भनेर तिमीलाई थाहै छ र तिमीले गर्दा अहिले त मेरो साथीहरुको एउटा सानोसंसार नै भइसकेको छ र त्यसको लागि तिमीलाई जति धन्यवाद दिए पनि अपुग नै हुन्छ तैपनि मेरो ह्दयदेखि नै मुरी मुरी धन्यवाद छ ।
एउटै शहरमा र टाढा टाढा भएका सबै साथीहरुसँगको भेट अनि उनिहरुको फोटो र स्टाटशमा कमेन्ट हान्दा र अझ च्याटमार्फत अनलाइन भएको बखत प्रत्यक्ष कुराकानी गर्न पाउँदा मलाई मात्रै नभई सबै साथीहरुलाई खुशि लागिहाल्छ नि ! अझ आफ्नै फोटो र स्टाटशमा साथीहरुले हानेको कमेन्टको रिप्लाई गर्न पाउदाँको मज्जा त छुट्टै छ नि ।

यि बाहेक अरु अनेकन सुविधा दिएर तिमीले मलाई मात्रै होइन करौडौँ साथीहरुलाई मोहोनी नै लगाइरहेकीछौँ तर केहि फेक प्रोफाइल र अश्लिल र विशेष गरी राजनीतिक नेताहरुलाई लक्षित गरी प्रकाशित गरीने सामग्रीले तिम्रो सुन्दरतामा कमि ल्याइरहेको छ । त्यस्ता सामग्री तिमीमार्फत प्रकाशन गर्नेलाई दण्ड र सजाय दिनुपर्ने बेला पनि भइसकेको छ । केही व्यक्तिहरुको त्यस्तो तुच्छ र घृणित कार्यले गर्दा म तिमीलाई गुमाउन चाहन्न , त्यही भएर बेलैमा केही कदम उठाउनु है तिमीले !

प्रिय फेशबुक ,अब अरु धेरै के लेखुँ र साथीहरुलाई पनि बोर लाग्ला फेरी ! अँंं...खासमा कुरा के भनी म विशेष कारणवश हाम्रो देश नेपालको छिमेकी देश चीनतिर केही दिनको लागि जादैँछु र त्यहाँ कार्य व्येस्तताले गर्दा तिमीसित भेट गर्न नपाइयेला जस्तो छ । त्यही भएर जानु अगि तिमीलाई यो पत्र लेखेको, म केही दिनको लागि टाढिए अनि तिमीलाई भेट्न आइन भन्दैमा माया चाहिँ नर्मानु नि फेरी ! म केही दिन पछि आइहाल्नेछु नि ! त्यतिन्जेल पर्खि बस्नु है, म चाडै आउनेछु..........

उही तिमीलाई धेरै माया गर्ने 
        ammar thapa magar ( A.T.M )

एउटा सुन्दर फुल्


एउटा सुन्दर फुल्
हेर्द मा राम्रो सुन्दर फुल्
रङै रङ्मा सजिएको सुन्दर फुल्
मिठो शुभस्मा डुबेको सुन्दर फुल्
तर आज त्यो केहि उदस देख्छु
रङ्हरु मा पनि बेरङ देख्छु
शुबास पनि उडेको देख्छु
हृद्यय भरी पिडा गुम्सेको देख्छु
यो बसन्त्को मौशम मा पनि फुल उदास छ
हाँङ्गा देखी नै फुल झुकेको देख्छु
मैले हेरे त्यो फुल्लाई मेरो मनै भयो उदास्
गएर नजिक सोधे मैले त्यो फुल लाई
किन छौ उदस तिमी ?
किन छ तिम्रो रङ उडेको ?
कता हरायो तिम्रो शुभश ?
कस्लाई गर्दै छौ याद तिमी ?
कस्को छ प्रतिक्षा तिमीलाई ?

सुनेर मेरो कुरा
आँखा उन्को रसाएको देखे
मोतिझै अशुको दानाले
मुहर भरी छचल्किएको देखे
आँशुहरुलाई सम्हल्दै उनिले
हृदाय भरी को पिडा लाई सम्हाल्दै
भनिना मलाई हेय प्रानि
पहिलो प्रेम मेरो पहिले जीवन्
थियो कोही मेरो आफ्नो मेरो प्रेम्
सजएको थिए यो हृदाय भरि
चहेको थिए उसलाई सधै भरि
गयो आज छोडेर मलाई
यो संसार मा बनाएर एक्लो मलाई
अबा कसरी यो दुनिय मा फुलु म
अब कस्को निम्तो यो संसार मा शुभश छरु म
जस्ले मलाई हृडेअ देखी माया गर्‍यो
जस्ले मलाई आफ्नो छाती भरी सजएर रख्यो
निस्ठुरी यो दैब बनी दिएपछि
एक्लाई यो दुनिय बस्नु पर्‍यो
तेसैले म रुन्दै छु
एकान्त आफ्नो पिडा आफै सङ भन्दै छु
बस तेसैले म उदास छु
बस तेसैले म उदास छु


******   अमर मगर *****

खै कहा छ माया ?

Laptop मा छ की Google मा माया !
Facebook मा छ की Yahoo मा माया ?
कोही त देखाऊ कोही त बताऊ खै कहा छ कहा,
कहा छ माया ???
एक छीन online नदेख्दा माया !
पल पल मुटु चर्किनछ !!
online कहिले भेटिंछ भनी !
छिन छिन याद आइरहन्छ !!
inbox मा छ की comment मा माया !
vioce chat मा छ की video chat मा माया ??
एउटा GF जीउँदै जल्छे BF को माया ममतामा !
रगत मा छ की भावनाको नाता मा माया ??
कोही त देखाऊ, कोही त बताऊ खै कहा छ ?
कहा, कहा छ मेरो माया ??????



A.T.M gorkha