| मुटु भित्र छुरा चल्दा नयनभित्र ताल भा'छ | |||
| पानीबिना माछी जस्तै तिमीबिना हाल भा'छ | |||
| बर्षौंसम्म प्रेमरूपी नाटक गरी गएपछी | |||
| परेलीलाइ पखालेर रोको धेरै साल भा'छ | |||
| के थाहा र फुल रोज्दा कांडा बनी घोच्छ भन्ने | |||
| दुइ किनारा छोइ बग्ने जिन्दगि यो छाल भा'छ | |||
| तिम्रो याद मेटाउंन गाउंघर छाडी यहां आएं | |||
| कहां मिट्छ मनको घाउ या'नी उस्तै चाल भा'छ | |||
| जहां गएनी तिम्रै यादले सताउंन नछाडेसी | |||
| निष्प्राण भइ बस्ने रहर अन्तिम पर्खाइ काल भा'छ | |||
मनपराउने जति LIKE/SHARE/TAG गरौँ
No comments:
Post a Comment
कृपया कमेन्ट बक्समा कमेन्ट लेख्नुहोस । select profile मा click गर्नुहोस् । name/url छानेर name मा आफ्नो नाम लेख्नुहोस् । url खाली छोडे पनि हुन्छ अथवा facebook को profile को url राख्नुहोस् । अन्तमा submit post गर्नुहोस है । भएन भने फेरि submit post. तपाईको कमेन्ट sent भए "Your comment will be visible after approval." देखिनेछ ।